कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | साउन ३०, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
घिसिङले भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएकाले त्यसको छानबिन गर्नुपर्ने माग गर्दै खरेलले उजुरी दिएका हुन् । आफूले घिसिङबारेका प्रमाणहरू पनि अख्तियारलाई दिएको उनले दाबी गरेका छन् ।
‘नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका कार्यबारे अनुसन्धान गर्न उजुरी दिएको छु,’ उजुरीपछि मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रमाणहरू पनि दिएको छु । तत्काल अनुसन्धान गरी कारबाही हुनुपर्छ ।’
००००
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणले उद्योगीसँग मिलेर १६ अर्ब भ्रष्टाचार गरेको दाबी गरेका छन् ।
आफू गलत प्रमाणित भए टुँडिखेलमा झुन्डिन तयार रहेको उनको भनाइ छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले महालेखा परीक्षकको ५६ औंदेखि ६१ औं प्रतिवेदनसम्म लगातार बेरुजु देखाइएको प्रसंग उल्लेख गरेका थिए ।
००००
संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक प्रतिनिधिसभाको बैठकमा पेश भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेकी हुन् ।
विधेयक पेश गर्दै सुवेदीले विधेयकले तत्कालीन माओवादीकालीन द्वन्द्वका घटनाका गम्भीर विषय सत्यता बाहिर आउने, दोषीलाई कानूनी कारबाही गर्नको लागि विधेयक बनेको बताइन् ।
तीन दलको कार्यदलले सहमति जुटाएपछि कानून समितिबाट साउन २४ गते विधेयक सर्वसम्मत पारित भएको थियो ।
मुख्य विवाद रहेका विषयमा सहमति जुटेलगत्तै टीआरसी विधेयक प्रतिनिधिसभासम्म पुग्ने स्थिति बनेको हो ।
दलहरूले १८ वर्षदेखि बाँकी रहेको शान्ति प्रक्रियाका बाँकी कामलाई टीआरसी विधेयकमार्फत टुंगोमा र्पुयाउने बताउँदै आएका छन् ।
००००
अदालतमा मुद्दा दर्ता भएका २० हजार ८ सय ६८ अभियुक्त फरार रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फरार सूचीमा सबैभन्दा बढी बैंकिङ कसुरका अभियुक्त छन् ।
यो कसुरमा मात्रै हाल १२ हजार ३ सय ५० जना अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ ।
००००
सोमबार ७० अङ्कले बढेको शेयर बजारमा मंगलबार झिनो अङ्कको करेक्सन देखिएको छ ।
साताको दोस्रो कारोबारका दिन सोमबार ७० अङ्कले बढेको नेप्से परिसूचक मङ्गलबार ८.१८ अङ्कले घटेर सामान्य करेक्सन देखिएको हो ।
००००
प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ ।
प्रदेशसभाको मंगलबारको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावलीबमोजिम उक्त अध्यादेश पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभाबाट बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१÷८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भइसकेको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी)मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ ।
प्रधानमन्त्री ओलीसँग नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।
००००
स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।
००००
एएफसी च्यालेन्ज फूटबल लिग छनोटको प्लेअफमा नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ ।
मंगलवार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज पारोसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउँदै प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
००००
सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ ।
यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
००००
चौतर्फी आलोचना भएपछि मधेश प्रदेश सरकारका ८ राज्यमन्त्रीहरू हटाइएका छन् । मुख्यमन्त्री सतीशकुमार सिंहले ८ राज्यमन्त्री हटाउन मंगलबार प्रदेश प्रमुखको कार्यालयलाई पत्र लेखेका हुन् ।
प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीका निजी सचिव लुम्बनाथ पोखरेलले प्रदेश सरकारबाट ८ राज्यमन्त्रीलाई हटाउने पत्र प्राप्त भएको जानकारी दिए ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...