
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. मुकुल ढकाललाई अन्तिमपटक सफाइको मौका दिने निर्णय गरेको छ ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यस अघि महामन्त्री र केन्द्रीय सदस्यबाट निष्काशित गरेको रास्वपाले साधारण सदस्यबाट पनि किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको आन्तरिक विषय मिडियामा प्रचार गरेको र नेताहरूलाई आरोपित गरेको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो ।