२७ जेठ २०८३, बुधबार

दामोदरकुण्ड पुगेर बिरामी परेकी सांसदलाई सेनाले डोकोमा बोकेर ल्यायो जोमसोम

भदौ ७, २०८१
काठमाडौं
दामोदरकुण्ड पुगेर बिरामी परेकी सांसदलाई सेनाले डोकोमा बोकेर ल्यायो जोमसोम

मुस्ताङको दामोदरकुण्ड जाँदा बिरामी परेकी गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई उद्धार ​गरेर जोमसोम ल्याइएको छ ।

बिहीबार बिरामी परेकी गौचनलाई नेपाली सेनाको टोलीले उद्धार गरेर जोमसोम बजार ल्याएको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।​

भदौ २ गते दामोदरकुण्ड पुगेकी सांसद गौचन बिरामी परेपछि सेनाको डाक्टर अधिकृतसहितको उद्धार टोलीले खटिएको थियो ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न कठिनाइ भएपछि सेनाको टोलीले आवश्यक औषधि तथा उद्धार सामग्रीसहित शुक्रबार मुस्ताङको सदरमुकाम जोमसोम ल्याएको हो ।

उनलाई डोकोमा बोकेर तथा घोडामा चढाएर जोमसोम ल्याइएको सेनाले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्