२६ जेठ २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा पूर्व वडा अध्यक्षको मृत्यु

भदौ ८, २०८१
सर्लाही
मोटरसाइकल दुर्घटनामा पूर्व वडा अध्यक्षको मृत्यु

सर्लाहीको कविलासी नगरपालिका– ४, हेमपुरका पूर्ववडा अध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्व वडा अध्यक्ष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए । 

पूर्ववडा अध्यक्ष यादवले चलाएको मोटरसाइकलले एउटा साइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए ।

'साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै भेटिएको छ । तर साइकल चालक फरार छन्,' उनले भने, 'पूर्ववडा अध्यक्षको घटनास्थलमै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।' 

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ । 

नेकपा एमाले जिल्ला कमिटीका सदस्य रहेका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्