२६ जेठ २०८३, मंगलबार

अमेरिकाको दाबी– कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको छ

भदौ ८, २०८१
काठमाडौं
अमेरिकाको दाबी– कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको छ

गाजापट्टी– इजिप्टको कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाले दाबी गरेको छ । गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको अमेरिकाले शुक्रवार बताएको हो ।  

‘युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ। अब दुबै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने ।

युद्धविरामका लागि जारी कूटनीतिक पहल असफल भएको हल्ला गलत रहेको  र बिहीवारबाट शुरू भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उनले बताए ।  

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ । 

‘आइतवारदेखि शुरू हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबीच कायरोमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ।’ 

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रवार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गरेका थिए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौंदेखि पहल गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्