२७ जेठ २०८३, बुधबार

मंगलादेवीको स्मृति दिवसमा मन्त्री सिंहले भने- अहिलेको महिला प्रतिनिधित्व उहाँकै आन्दोलनको उपलब्धि हो

भदौ १०, २०८१
काठमाडौं
मंगलादेवीको स्मृति दिवसमा मन्त्री सिंहले भने- अहिलेको महिला प्रतिनिधित्व उहाँकै आन्दोलनको उपलब्धि हो

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका छन् ।

मङ्गलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गरेका हुन् । 

अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको बताए । अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उनले बताए । 

कार्यक्रममा मङ्गलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको बताइन् । 

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्