पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
काठमाडाैं | भदौ १६, २०८१
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाले पर्यटन नै दिगो अर्थतन्त्रको आधार हो ।
पर्यटन प्रवर्द्धनबाट उद्योग व्यवसायमा रोजगारी सिर्जना गरी जनजीविकामा सुधार, गरिबी निवारण र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विश्व पर्यटन बजारमा रमणीयताका लागि घुमफिर गर्ने, आनन्द लिने, अध्ययन अवलोकनबाट मनोरञ्जन र ज्ञान प्राप्त गर्ने आकर्षण बढाउने होडबाजी नै छ । प्रकृति स्वरूप भूगोल, हावापानी, नदीनाला, तालतलैया, वन्यजन्तु, पन्छी, वनजंगलसहित मानव जीवनका रहनसहन, धर्मसंस्कृति, संस्कार, जनजीवनका विषय पर्यटनसँग जोडिएका छन् ।
रमणीय प्रकृति र मानव सभ्यताको अवलोकन र अध्ययनबाट मानिस आनन्दित हुने भएकाले नेपालको संस्कृति, सम्पदा र जैविक विविधताका लोभलाग्दा अवसरहरूको विश्वमा चर्चासँगै यसको सकारात्मक पाटोमा पुग्ने प्रयासको पूर्णसफलता प्राप्त गर्न सकिएको छैन ।
नेपालको रमणीयताको पछिल्लो समय अरबीयन देशका उच्च अधिकारीको आकर्षण महत्त्वपूर्ण रह्यो । विशेषतः हिमाली क्षेत्रको प्रकृति एवं हिमाल आरोहणमा समेत सहभागिताले विश्व पर्यटन बजारमा राम्रो सन्देश गएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर समेतको अवलोकन गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेजको अन्नपूर्ण क्षेत्रको भ्रमणले पनि विश्व पर्यटन क्षेत्रमा सकारात्मक सन्देश गएको छ । हिमाल आरोहणको मनोरञ्जनका लागि सयौं पर्यटक नेपाल भ्रमण गर्ने गर्दछन् भने शिकार खेल्न ढोरपाटन शिकारआरक्षमा आउने र जंगली जनावर र पन्छीको अवलोकन गर्न निकुञ्जको भ्रमण गर्छन् ।
हिमालयन ट्रेलको साहसिक पदयात्राको पनि शुरूआत भएकाले हिमालको फेदीको मनोरम दृश्यसहित आनन्द लिन सकिने भएको छ । उच्च क्षेत्रको पदयात्रा विश्वकै लोभलाग्दो आकर्षण भएको पर्यटकहरूको अनुभव र भनाइले पुष्टि गर्दछ । अर्कातर्फ संस्कृति, रहनसहन र सम्पदा अध्ययन तथा अवलोकनको अवसरले पनि पर्यटन क्षेत्रमा उत्साह ल्याएको छ । पाटे बाघ, एक सिंगे गैँडा, अन्य पशुपन्छी, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी एवं विविध प्रकारका खानाका परिकार र चाडबाडले विश्वको ध्यान आकर्षित गरेको छ ।
कोभिडपछिका वर्षहरूमा नेपालको पर्यटन क्षेत्रमा आकर्षण बढ्न थालेको छ । विश्वमै फरक रहेको नेपालको पर्यटकीय मनोरञ्जन लिन आउनेको संख्या बढ्दो छ । सरकारको नीति र निजी क्षेत्रको कुशल व्यवसायिक रणनीति बीचमा तादम्यता भएमा पर्यटन क्षेत्र मुख्य आर्थिक आधार बन्नेमा दुविधा नै छैन ।
पर्यटकलाई आवश्यक पर्ने पूर्वाधारको विकास गरी नेपाल रमणीय र सुरक्षित गन्तव्य हो भन्ने बनाउन सामूहिक प्रयत्नको खाचो छ । अन्य देशले पर्यटन क्षेत्रमा गरेको प्रगतिको पाठ सिक्दै हाम्रो परिवेशमा विश्व पर्यटकको ध्यान आर्कषित गर्न सबै क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । संस्कृति, सम्पदा र प्रकृतिले दिएको अनुपम उपहारका रूपमा रहेका पर्यटकीय वस्तुबाट भरपुर आनन्द लिन विश्व जगतलाई प्रभावित गरी मुख्य पर्यटकीय गन्तव्य बन्नु छ ।
आर्थिक उपलब्धि प्राप्त गर्न पर्यटन क्षेत्रमा सुधार गर्न आवश्यक छ । पर्यटकको माग पक्ष मजबुत गरी आपूर्ति पक्ष बलियो भए मात्र पर्यटन व्यवसायका विविध क्षेत्रमा प्रतिस्पर्धा गर्न सकिन्छ । पर्यटनको गुणात्मक सेवा प्रदान गर्न व्यावसायिक कौशलता र नव प्रवर्तनीय कार्यमा ध्यान दिनुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय आकर्षण बढाउन तथा पर्यटकको गन्तव्य नेपाललाई बनाउन विभिन्न चुनौतीहरू पनि छन् ।
जलवायु परिवर्तनको असरले पार्ने प्रभाव पहिलो चुनौती हो । हाम्रा हिमालहरूमा हिउँको मात्रा घट्दा हिमालको सौन्दर्यतामा असर परेको छ । मौसमको गडबडीले रमणीयतामा ह्रास तथा विपतको सामना गर्नुपर्दा पर्यटन क्षेत्रमा प्रतिकूलता देखिन थालेको छ ।
पानीको मुहान सुक्ने, रमणीयता वा हरियालीको सौन्दर्यता बिग्रने एवं वन्यजन्तु र पन्छी जलवायु परिवर्तनको असरले प्रभाव पार्ने हुँदा पर्यटन क्षेत्रबाट हुने लाभमा असर पर्ने देखिन्छ । प्रस्तुत चुनौती अन्तर्राष्ट्रिय तहबाट आएकाले त्यसको सामना गर्न राष्ट्रिय तयारी र अन्तर्राष्ट्रिय क्षेत्रमा दबाबको सिर्जना गर्न आवश्यक छ । पर्यटन क्षेत्रमा गर्नुपर्ने प्रतिस्पर्धा दोस्रो चुनौतीको रूपमा लिनुपर्छ ।
विभिन्न देशका पर्यटन व्यवसायीले ४ देखि १० दिनका सुलभ भ्रमण कार्यक्रम अहिले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा विज्ञापन गरेको पाइन्छ । ती प्याकेज हेर्दा हवाई टिकट मूल्यभन्दा पनि सस्तो देखिएकाले नेपालले त्यस्ता पर्यटकीय अवसरको प्रतिस्पर्धा गर्न व्यावसायिक रणनीतिक सोचका साथ अघि बढ्नुपर्ने हुन्छ । पर्यटक आकर्षित गर्न विभिन्न विधामा भ्रमण प्याकेज बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी फाइदा लिनुपर्छ र दिगो पर्यटनबाट लाभ लिन सकिन्छ ।
पर्यटकको सुरक्षा तेस्रो चुनौतीमा पर्छ । नेपालमा भइरहेका हवाई दुर्घटना, सडक दुर्घटना, विपद्जस्ता घटनाले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर परेको देखिन्छ । नेपालमा अहिलेसम्म १०९ वटा हवाई दुर्घटना भई ९६३ जनाको मृत्यु भएको तथ्यांक आएको र नेपालको ध्वजाबाहक विमान युरोपको आकाशमा उडान प्रतिबन्ध छ ।
पर्यटकले उपयोग गर्ने हवाई यात्रामा सुरक्षा कमजोर हुँदा नेपालको आकर्षणमा अवरोध भएको छ । सडक यातायातको दुर्घटना दर पनि उच्च रहेकाले पर्यटन क्षेत्रमा नराम्रो सन्देश गएको छ । हवाई उडान प्रतिबन्ध हटाउन तथा नेपालमा यात्रा सुरक्षित छ भन्ने सन्देश दिन दुर्घटनाको दर शून्य पार्ने र यात्राका लागि उपयोग हुने साधनको जोखिम न्यून गर्न जिम्मेवार निकायले भरपर्दो प्रयत्न गर्न आवश्यक छ ।
पर्यटन व्यवसायको विविधिकरण हुन नसक्दा विविधतामा रमणीयता दिन सकिएको छैन, यो चौथो चुनौतीमा रहेको छ । खेलकुद पर्यटनका लागि अन्तर्राष्ट्रिय खेलको आयोजना, विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारको आयोजना, साहसिक पर्यटनका लागि आरोहण पदयात्रा, शिकार खेल्ने लगायतका पर्यटन अभियान सञ्चालन गर्ने, बुद्ध जन्मेको देश पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, लगायतका धार्मिकस्थलको भ्रमणका सुलभ अवसरहरू दिने, सांस्कृतिक मनोरञ्जनका लागि सम्पदा एवं पुरातात्त्विक स्थल स्मारक र संग्रहालयको सहज अवलोकनको व्यवस्था मिलाउने र प्राकृतिक संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षण क्षेत्रको अवलोकन गर्न आकर्षण गर्ने, विदेशी विद्यार्थीलाई नेपालमा तालिम र शिक्षा दिने लगायतका आकर्षण बढाउन सकिएमा पर्यटन प्रवर्द्धनमा छलाङ मार्न सकिन्थ्यो ।
पर्यटन प्रवर्द्धन गर्न समन्वयकारी भूमिकालाई पाचौं चुनौतीका रूपमा लिनुपर्छ । राज्यको भूमिका र निजी क्षेत्रको व्यावसायिक सक्रियताका बीच तालमेल भएको पाइँदैन । सरकारले मुख्य जिम्मेवारी बोध गर्न प्रभावकारी नीति, संयन्त्र र स्रोत साधनको व्यवस्थापनमा लाग्नुपर्ने हुन्छ भने निजी क्षेत्रले व्यावसायिक कुशलताका साथ प्रतिस्पर्धी र गुणस्तरीय सेवाप्रवाहमा अब्बल हुनुपर्ने हुन्छ ।
पर्यटन प्रवर्द्धन गर्न सार्वजनिक निजी साझेदारीबाट व्यवसायिक सबलीकरणमा ध्यान दिनुपर्छ । पर्यटनबाट अर्थिक लाभ लिन निजी क्षेत्र मुख्य भूमिकामा सक्रिय हुने र राज्यले पूर्वाधार विकास एवं व्यवसायिक सहजीकरण गर्ने जिम्मेवारीमा रहनुपर्छ । कठिन प्रयास गरी पर्यटनका चुनौतीलाई अवसरमा बदली मुलुक उन्नत बनाउन रणनीतिक योजनामा जोड दिन आवश्यक छ ।
नेपालको अर्थतन्त्रसँग जोडिएको छ, पर्यटन । पर्यटनको फाइदा लिन व्यवसायका नवप्रवर्तनीय ज्ञान, सीप, पर्यटकीय प्रवर्द्धन नीति, पर्यटन व्यवसायमा लगानी, पर्यटनका पूर्वाधार, पर्यटकलाई सूचना प्रवाह गर्न प्रचारप्रसार, पर्यटकीय वस्तु र क्षेत्रको संरक्षण, दक्ष जनशक्तिको व्यवस्था, पर्यटकको बसाई अवधि र खर्च वृद्धि गरी अन्तर्राष्ट्रिय सम्बन्धको कुशल व्यवस्थापन गर्न जरुरी छ ।
पर्यटकको मन लोभ्याउन पर्यटकमैत्री व्यवहारको साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत विशेष ध्यान दिन आवश्यक छ । आर्थिक समृद्धिसँग पर्यटन जोड्न सकिएन भने अर्थतन्त्रको मुख्यपाटो नै पछाडि पर्ने देखिन्छ । पर्यटन क्षेत्र नै हाम्रा लागि रोजगारी सिर्जना गर्ने मुख्य आधार हो । पर्यटन क्षेत्रको सबलीकरण नगरी राज्य सम्पन्न हुन सक्दैन । यस क्षेत्रका समस्या र चुनौतीहरू न्यूनीकरण गर्न सकियो भने मात्र राज्यले आर्थिक गति लिन सक्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...