२६ जेठ २०८३, मंगलबार

म्यान्मार–लाओस सीमामा डुङ्गा दुर्घटनाः २० जना बेपत्ता

भदौ १९, २०८१
काठमाडौं
म्यान्मार–लाओस सीमामा डुङ्गा दुर्घटनाः २० जना बेपत्ता

लाओस, म्यान्मार र थाइल्यान्डको बीचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताहरूको मृत्यु भएको आशङ्का गरिएको अधिकारीहरूले बुधवार बताएका छन् ।

थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’को समयमा सोमवार राति डुङ्गा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्मारका नागरिकको उद्धार गरिएको उनले जनाएका छन् ।

म्यान्मारका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुङ्गा लाओसबाट म्यान्मार जाँदै गर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो ।

सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले  पानीबाट दुर्घटनामा परेका मानिसहरूलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्मारको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (यूडब्लुएसए)का प्रवक्ता न्यी रङले बताएका छन् । 

घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो ।

एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटलहरू रहेको स्थान हो । 
 

salt training

कमेन्ट गर्नुहोस्