×

एमाले पोलिटब्युरो बैठक

समाजमा अराजकता र अनुशासनहीनता फैल्याउने प्रयत्न स्वीकार्य हुन्न- ओली

काठमाडाैं | भदौ १९, २०८१

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैल्याउने कोशिश भइरहेको बताएका छन् ।

Laxmi Bank

नयाँ सरकारले जनतामा आशा जगाउने काम शुरू गरेलगत्तै अराजकता मच्चाउने प्रयास भइरहेको उनको भनाइ छ । 


Advertisment

पार्टी पोलिटब्युरो बैठकलाई बुधबार समापन सम्बोधन गर्दै ओलीले विधिको शासन र आफूहरू नागरिक सर्वोच्चताको पक्षमा रहे पनि अराजकतालाई स्वीकार नगर्ने बताएका हुन् ।


Advertisment

‘समाजमा अराजकता र अनुशासनहीन गतिविधि बढेको छ । हामी नागरिक सर्वोच्चताको पक्षमा छौं, विधिको शासन मान्छौं । लोकतान्त्रिक मूल्य मान्यता अनुरूप अगाडि बढ्छौं । कुनै पनि निरंकुश, अराजक र अनुसाशनहिनतालाई अस्वीकार गछौं,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

हिजोको बैठकमा पनि ओलीले अराजकता फैल्याउने कोशिश भइरहेको र त्यसको ट्याकल गर्न सरकार सक्षम रहेको बताएका थिए ।

कांग्रेससहितको नयाँ सरकार बनेपछि जनतामा आशा जागेको र अर्थतन्त्र सुधार उन्मुख रहेको बैठकमा बताए ।

ओलीले एमाले के हो भन्ने कुरा मंसिरको उपचुनावमा देखाउने बताए ।

‘एमाले नीतिगत रूपमा स्पष्ट छ, लिएका नीति सही छन् । जग र जरा भएको पार्टी हो । इतिहासको विरासत बोकेर सशक्त उभिएका छौं,’ ओलीले भने ।

बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना’बारे ५१ जना सदस्यले धारणा राखेका थिए ।

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x