×

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो– ‘देखेनौं खाना पकाउन लागेको ।’ 

Laxmi Bank

आगन्तुक सज्जनले पुन सोधे– आगो एकातिर भाँडो अर्कोतिर गरेर पनि खाना पाक्छ ? त्यसपछि अघिल्ला सज्जनले भने– ‘आगोमा पकाउन खोज्दा हात पोल्यो । अनि घाममा पकाउन खोजेको ।’


Advertisment

कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, अहिंसाका बारेमा हाम्रो अवस्था पनि योभन्दा भिन्न छैन । हामी अहिंसाको कुरा गरेर त थाक्नैनौं, अहिंसाको परमोधर्म भन्छौं तर, व्यवहारमा भने हिंसाकै पक्षपाती भइरहेका हुन्छाँै । आश्चर्य त के भने सबैभन्दा बढी हिंसा धर्मकै नाममा गरिरहेका हुन्छौं । 


Advertisment

हामीलाई धार्मिक हुनु छ, धार्मिक भएको प्रमाण देखाउनु छ । त्यसैले यज्ञअनुष्ठान गछौं, मन्दिर जान्छौं, मस्जिद जान्छौं, चर्च जान्छौं । अनि उनीहरूलाई खुशी पार्न पशुपक्षीको घाँटी रेट्न थाल्छौं । यही होइन हाम्रो अवस्था ? के निर्दोष प्राणीलाई मारेर धार्मिक हुन सक्छौं ? के धर्म उनीहरूका रगतसित साटिने चीज हो ? होइन भने ती विद्वान् र हामीमा के फरक ? 

पहिलो कुरा हिंसा भनेको काटमार मात्र होइन । मन, वचन र कर्मद्वारा कसैको मान, सम्मान, यश प्रतिष्ठामा आँच पुग्ने काम गर्नु पनि हिंसा हो । दोस्रो धर्म कसैलाई मारेर नभई बचाएर हुने कुरा हो । तेस्रो देवीदेवता खाँदैनन् । चौथो कुरा यज्ञवेदीमा काटिन लागेका पशुपक्षीले वरदान होइन श्राप दिन सक्छन् ।  

शायद हामीले जीवनमा धेरै पाप गरेका छौं । त्यही मोचन गर्न मन्दिर बनाउँछौं, मस्जिद बनाउँछौं, चर्च बनाउँछौं, धाउँछौं तर, त्यसो गर्दैमा पाप काटिने वा धर्म हुने होइन । त्यता धाउँदैमा पाप मेटिने भए मन्दिरकै भित्तामा बस्ने कीरा कमिलाजति धार्मिक कोही हुने थिएनन् । त्यस्तै पशुपक्षी मारेर खाँदैमा धर्म हुने भए बाघभालु, चिलगिद्ध र स्यालकुकुर जति धार्मिक कोही हुने थिएनन् । त्यसैले कसैलाई मारेर होइन बचाएर धर्म कमाउन सकिन्छ ।   

हामी धर्मको नाममा निर्जीवको उपासना गर्छौं । उनीहरूलाई खुशी पार्न सजीव प्राणी, जो साक्षात भगवान्का ज्योतिर्मय प्रतिनिधि छन् तिनको गला रेट्न बाँकी राख्दैनौं भने मनन गरौं त योभन्दा मूर्खता अरू के हुन सक्ला ? 

भागवतमा व्यासजीले जीवो जिवस्य जीवनम् भनेका छन् । यसको अर्थ जिउन जीवन चाहिन्छ भन्ने हो । यसैको आधारमा कतिपय मानिस मासु खानुपर्छ भन्ने तर्क गर्ने गर्छन् तर, त्यसको अर्थ यो होइन कि एउटा जीवले अर्को जीवलाई मारेर मात्र जीवन चल्छ । अपितु एउटा जीवनले अर्को जीवलाई बचाए नै उसको जीवन सहज हुन्छ भन्ने हो । जीवलाई मारेर मात्र जीवन चल्छ भन्ने हो भने पनि त्यो इकोसिष्टमको कुरा होला । यस्तोमा मांसाहारी जीवलाई मासु आहार हो तर, मानिसको आहार त्यो होइन । 

मानिसलाई प्रकृतिले त्यस्तो छुट दिएको छैन । उनीहरूको शारीरिक संरचना नै त्यस्तै छ । त्यसैले बाघले बाख्रो खानु पाप होइन तर, मानिसले खानु भने पाप हो । किनकि मानिसको आहार त्यो होइन । 

आफूलाई तोकिएको चीज नखाएर अरूलाई तोकिएको चीज खानु भनेको स्वधर्मलाई त्यागेर परधर्म स्वीकार्नु हो । यस्तो कामलाई गीतामा कृष्णले निकै डर लाग्दो अवस्था भनेका छन् ।  

कतिले भन्ने गरेका छन् पुर्खाले मासु खान्थे भने हामीले किन नहुने ? यो भनेको पनि विरोधाभास कुरा हो । कसैले पुर्खाले जनावरको मासु खान्थे भनेका छन् भने कसैले खाँदैनथे भनेका पनि छन् । लौ मानौँ एक छिनलाई उनीहरूले मासु नै खान्थे रे । यदि त्यसै हो भने पनि त्यो त्यतिबेलाको आहार हो, जति बेला अर्को आहार थिएन तर, अहिलेको अवस्था त्यस्तो छैन । कृषियुग शुरू भएका नै हजारौं वर्ष भइसकेको छ । मासु नै आहार थियो भने किन कृषियुग शुरू हुन्थ्यो होला र ?  

यद्यपि हामीमध्ये कतिलाई यस्तो कुरा मन नपर्न सक्छ तर, यो कुनै वर्ग वा समूह विशेषसित सम्बन्धित नभई संसारभरिकै मानिससित सम्बन्धित कुरा हो ।  

कतिले भन्ने गरेका छन् वेदमै बलिदानको कुरा आएको छ तर, वेदले बलिदानको कुरा गरेको पशुपक्षीको हत्या होइन । अपितु आफैँभित्रको अहङ्कारको हो । हो, वेदमा अश्वमेधको कुरा आएको छ । यो भनेको पनि घोडा मार्ने कुरा होइन । अश्वमेधको कुरा गर्ने वित्तिकै घोडा मार्ने अर्थमा लिन थालियो भने चौपट हुन्छ । किनकि वेदमा पितृमेध यज्ञको पनि कुरा गरेको छ । त्यसैले यो भनेको संस्कारसित सम्बन्धित कुरा हो । 

यसको अर्थ मासु खान मन लाग्नेलाई नखानुस् भन्ने होइन । मासु आफ्नो आहार नभएकाले सकेसम्म नखाँदा नै राम्रो । होइन खानै मन लाग्छ भने पाचन शक्ति हेरेर खाँदा हुन्छ तर, देवीदेवताको नाममा मारेर भने खानुहुँदैन । किनकि उनीहरूले बलि नखाने भएकाले यस्तो काम मन पराउँदैनन् र आफूलाई मन नपर्ने काम गर्नेहरूप्रति रिसाउँछन् । 

उनीहरू नरिसाए पनि कम्तीमा त्यस्ता पशुपक्षीको आँसुले भने पक्कै पिर्नेछ, जसको हत्या गरिएको छ ।  त्यसपछि थाहा छैन कति जन्मसम्म तिनका रगतलाई आँसुले धुनुपर्ने हो । 

अहिलेलाई यति भनेँ अहिंसाको अर्थ बुझौँ र त्यस्तै जीवन जिउने प्रयास गरौँ । अहिले पनि त्यति ढिलो भएको छैन । हिन्दीमा एक भनाइ छ जब जागे तब सबेरा ।

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x