मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडाैं | भदौ २२, २०८१
बोइङ कम्पनीको स्टारलाइनर अन्तरिक्ष यान अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट अलग्गिएर सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । तर स्टारलाइनरमार्फत फर्काउने भनिएका दुई अन्तरिक्ष यात्रु भने अझै फर्किन सकेका छैनन् ।
नासाका अन्तरिक्षयात्री बुच विलमोर र सुनिता विलियम्सलाई अन्तरिक्षमा लैजाँदा केही प्राविधिक समस्याको सामना गरेको स्टारलाइनर फर्किँदा भने एक्लै फर्किएको हो । अन्तरिक्षमा जाँदा यसको थ्रस्टरले सही काम गरेको थिएन भने इन्धन प्रणालीमा हिलियम चुहिएको थियो ।
त्यसैले नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई स्टारलाइनबाट फर्काउन गाह्रो मान्यो । फर्किंदा पनि समस्या हुन सक्ने र मानवीय क्षति हुन सक्ने भयले नासाले स्टारलाइनलाई यात्रु नल्याउन उर्दी जारी गरेको थियो ।
स्टारलाइनरबाट फर्किन सुनिता र बुचले पनि अस्वीकार गरेका थिए ।
अब बुच र सुनिता सन् २०२५ को फेब्रुअरीसम्म इन्टरनेसनल स्पेस स्टेसनमै रहनेछन् । ८ दिनका लागि त्यहाँ पुगेका उनीहरूको बसाई ८ महिना लम्बिने भएको छ । उनीहरूलाई स्पेस एक्सको 'क्रु ड्रागन'मार्फत पृथ्वीमा फर्काइने योजना नासाले बनाएको छ ।
स्टारलाइनरले बिनाकुनै समस्या पृथ्वीमा अवतरण गरेपछि नासाका एक प्रवक्ताले यसलाई सफलताको रूपमा लिएका छन्, तर यसले योजनाअनुसार काम नगरेकोमा भने उनले केही निराशा व्यक्त गरे ।
स्टारलाइनर इन्टरनेसनल स्पेस स्टेसनबाट फर्केर पृथ्वीको वातावरणमा प्रवेश गरेपछि प्याराशुटमार्फत सुरक्षित तरिकाले अवतरण गराइएको थियो । यो यान न्यू मेक्सिकोको ह्वाइट स्यान्ड्स स्पेस हार्बरमा स्थानीय समयअनुसार राति ११:०१ बजे अवतरण गर्यो ।
बोइङका स्टिभ स्टिचले यानले सफल अवतरण गरेको भएता पनि स्पेस मिसनमा नासाको टोलीले अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
'अन्तरिक्ष यात्रुलाई लैजाने काम त भयो तर योजनाबद्ध ढंगबाट ल्याउन सकिएन,' उनले भने, 'तर पनि स्टारलाइनको सफल अवतरण हाम्रो लागि एक ठूलो उपलब्धि हो ।'
अवतरणपछि भएको पत्रकार सम्मेलनमा बोइङका प्रतिनिधि आएका थिएनन् । स्टारलाइन बोइङ कम्पनीले बनाएको यान थियो । उनीहरू किन अनुपस्थित भए भन्ने प्रश्नको उत्तर दिँदै नासाका एक अधिकारी जोएल मोन्टाल्बानोले भने, 'बोइङले यो मिसनको प्रतिनिधित्व गर्न नासालाई नै जिम्मा दिएको थियो । त्यसैले उनीहरूको अनुपस्थिति सामान्य र स्वाभाविक हो ।'
बोइङ र नासाबीचको मतभेद
स्टारलाइनरको प्राविधिक समस्याले गर्दा बोइङ र नासाबीच केही तनाव सिर्जना भएको थियो । बोइङले यो यानलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउन सकिन्छ भनेर जिद्दी गरेको भए पनि नासाको टिम विश्वस्त हुन सकेन ।
नासाका अधिकारी स्टिचले भने, 'बोइङले सुरक्षित अवतरण गर्न सकिन्छ भनेर धेरै तर्क गरेको थियो तर हाम्रो टीमले यसलाई पूर्ण रूपमा विश्वास गर्न सकेन ।'
अब एलोन मस्कको स्वामित्वमा रहेको स्पेस एक्सको यानले बुच र सुनितालाई फर्काउने योजनामा नासाले काम गरिरहेको छ । जसले गर्दा ८ दिनका लागि इन्टरनेशनल स्पेस स्टेसन गएका उनीहरू ८ महिनासम्म त्यहीँ रहनेछन् । बुच र सुनिता दुवै फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्किनेछन् ।
कसरी बिताउन सकिन्छ अन्तरिक्षमा थप समय ?
इन्टरनेसनल स्पेस स्टेसनकी म्यानेजर डाना वेइगेलले अन्तरिक्षयात्रीको लामो बसाईंका लागि अनुकूल वातावरण तयार गरिएको बताइन् । 'उनीहरू स्वस्थ रहन लागि आवश्यक व्यायाम गर्दैछन् र आवश्यक पर्ने सबै सामग्रीहरू पनि उपलब्ध गराइएको छ,' उनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
गत जुन ५ मा अन्तरिक्ष पुगेका दुवैले शुरूमा पुरानो कपडा र सामान प्रयोग गरिरहेका थिए । उनीहरू ८ दिनका लागि त्यहाँ पुगेका हुन् ।
उनीहरूको बसाई लम्बिने भएपछि जुलाईमा त्यहाँ लजिस्टिक पुर्याइएको थियो । अहिले उनीहरूलाई चाहिने सबै व्यक्तिगत सामान स्पेस स्टेसनमै छ ।
स्टेसनकी म्यानेजर डाना भन्छिन्, 'अहिले उनीहरू राम्रो अवस्थामा छन् ।'
थपियो बोइङको चुनौती
स्टारलाइनरमा देखिएको प्राविधिक समस्याका कारण बोइङलाई ठूलो धक्का पुगेको छ । यस कम्पनीले विगतमा भएको दुर्घटना र पछिल्लो प्राविधिक समस्या समाधान गर्न संघर्ष गरिरहेको छ । तर सफल अवतरणले बोइङलाई केही राहत भने दिएको छ ।
स्टिचले भने, 'अब हामीले हाम्रो योजनाको विश्लेषण गर्नुपर्नेछ । हाम्रो लक्ष्य भनेको यो यानलाई पूर्ण रूपमा सही रहेको प्रमाणित गर्नु हो ।'
नासाले भने बोइङको स्टारलाइनरमाथि अझै विश्वास नभएको बताएको छ । सन् २०११ मा अमेरिकी स्पेस सटल बन्द भएपछि नासा रुसी यानमा निर्भर हुनुपरेको थियो । रुसी यानमा निर्भर हुनु आफ्नो लागि सहज नभएको टिप्पणी नासाले गर्दै आएको थियो ।
सन् २०१४ मा नासाले बोइङ र स्पेस एक्ससँग व्यावसायिक अन्तरिक्ष उडानका लागि सम्झौता गर्यो । बोइङसँग नासाले ४ दशमलव २ अर्ब अमेरिकी डलर र स्पेस एक्ससँग २ दशमलव ६ अर्ब अमेरिकीको सम्झौता गरेको थियो ।
हालसम्म स्पेसएक्सले नासाका लागि ९ वटा फ्लाइट सफलतापूर्वक अन्तरिक्षमा पठाइसकेको छ । तर बोइङको यो पहिलो प्रयास हो ।
स्टारलाइनरमा धेरै समस्या देखिएकाले यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन बोइङलाई अझै धेरै चुनौतीहरू समाधान गर्नुपर्ने नासाको भनाइ छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...