माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडाैं | भदौ २३, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई जनयुद्धको पैरवी नगर्न चेतावनी दिएका छन् ।
शनिवार उनले जनयुद्ध महान थियो भने किन छोडेको भनेर पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई प्रश्नसमेत गरे ।
२१ औं निजामती सेवा दिवसको अवसरमा काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो । त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ?'
उनले सत्ता छोड्नुपरेको आक्रोशमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जथाभावी नबोल्नसमेत चेतावनी दिएका छन् ।
००००
यसैबीच ओलीले ४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री ओलीले १० उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् ।
सरकारले ८ वर्षयता अर्थात २०७३ यता सर्वोत्कृष्ट कर्मचारी भने पाउन सकेको छैन । यसले कर्मचारी प्रशासनले कति इमानदार भएर काम गरिरहेको छ भन्ने प्रश्न खडा भइरहेको कतिपयको भनाइ छ । उनीहरुले कर्मचारीलाई चुस्त र प्रभावकारी बनाउन धेरै मेहनत गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
००००
दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।
कलेजका जनसम्पर्क अधिकृत प्रमीश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारण बारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले ४०–५० करोडभन्दा माथिका भ्रष्टाचार मुद्दामा ठूला दलहरूबीच राष्ट्रिय सहमति हुने गरेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’को विमोचन र विमर्श कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुसको भ्रमण सम्पन्न गरी शनिवार स्वदेश फर्किएका छन् । उनलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।
००००
भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा शनिबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी पर्व मनाइएको हो ।
००००
इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुन सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
००००
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि हजारौँ रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।
शनिबार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...