×

भविश्यमा गाडी उत्पादन गर्ने परिकल्पनाः बुटवलमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने योजना

बुटवल | भदौ २३, २०८१

भविश्यमा गाडी उत्पादन गर्ने परिकल्पनासहित बुटवल अटो इन्जिनियरिङ एशोसिएसनले अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने योजना अघि सारेको छ । अबको पुस्तालाई अटो क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले इन्जिनियरिङ पढाइ सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो । कलेज सञ्चालनका लागि भौगोलिक रुपमा सबैको पायक पर्ने बुटवललाई रोजिएको बताइएको छ । 

Laxmi Bank

यसका लागि अटो इन्जिनियरिङ एशोसिएसनले शनिवार ‘बुटवल उपमहानगरपालिकाको बजेट व्यवस्थापनमा स्नातक तह अटो इन्जिनियरिङ कलेज सञ्चालन सम्भाव्यता’ विषयक प्रतिवेदन सार्वजनिक गरेको छ । 


Advertisment

एशोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले आफूले यो क्षेत्रमा ५ वर्ष काम गरेकाले अटो क्षेत्रमा सुरक्षित भविश्य देखेको बताए । उत्पादन र रोजगारलाई जोड्न कलेज आवश्यकता देखिएकोले प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो । ‘कलेज सञ्चालनका लागि अहिलेको मौजुदा शिक्षा नीतिमा परिवर्तन हुनुपर्छ,’ न्यौपानेले भने, ‘अहिले यहाँ काम गर्नेहरूमध्ये अध्ययन गरेका कम छन् । यहाँ पढाइ सञ्चालन भए भविश्यमा हामी यातायात क्षेत्रमा आत्मनिर्भरदेखि गाडी उत्पादन गर्ने परिकल्पना गर्न सक्छौँ ।’


Advertisment

कलेज सञ्चालनका लागि ‘प्राक्टिकल बेस’ धेरै र सैद्धान्तिक कुरा कम गर्ने गरी कोर्स डिजाइन गरिएको छ । तर अझै यसको सम्बन्धनको विषयमा ठोस पहल हुन सकेको भने छैन । बुटवलमा प्राविधिक धारको अटो इन्जिनियरिङ कलेज आवश्यक रहेको विषयमा उपमहानरले पनि पटकपटक आवाज उठाउँदै आएको छ । बुटवलका इन्टिच्युटमा हाल मेकानिकल, अटो क्षेत्रको पढाइ डिप्लोमा (स्नातक) लेभलमा हुँदै आएको छ । बुटवल टेक्निकल इन्टिच्युट र कोरिया–नेपाल बहुप्राविधिक विद्यालयमा अध्यापन हुँदै आएको हो । तर स्नातक र स्नातकोत्तर तहका कुनै कलेज भने छैनन् । 

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजारभन्दा बढी व्यवसायी रहेका छन् । जसमा ८ हजारभन्दा बढी कर्मचारीले रोजगारी पाएको अटो इन्जिनियरिङ एशोसिएसनको तथ्यांकले बताउँछ । जसमा करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् भने अन्य सबै अन्य विषय पढेका वा व्यावहारिक सीप र दक्षता भएका जनशक्ति रहेका छन् ।


 

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x