जेठ १६, २०८१
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
काठमाडाैं | भदौ २३, २०८१
नेपाल ब्याडमिन्टन संघका अवैधानिक अध्यक्ष रामजीबहादुर श्रेष्ठले बागमती प्रदेशमा पनि अवैधानिक प्रदेश संघ गठन गर्ने कसरत थालेका छन् ।
अवैधानिक संघका उपमहासचिव नविनविक्रम शाहले भदौ २६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा बिहान ८ बजे भेला बोलाइएको व्यहोरासहितको पत्राचार गरेका छन् ।
भदौ १९ गते शाहले बागमती प्रदेश तदर्थ समितिका संयोजक रुद्रबहादुर थिङ, पदाधिकारी तथा सदस्यहरू नविन प्रजापति, श्याम महर्जन, भरत मल्ल, देवक श्रेष्ठ, राजेन्द्र तामाङ, केशव कार्की, भुवन श्रेष्ठ, केवल बानियाँ, नारायण श्रेष्ठ, राजु बास्तोला, राजु देउजा, शुक्रराज थिङ र बद्रीबहादुर थापालाई पत्राचार गरेका हुन् ।
'नेपाल ब्याडमिन्टन संघ विधानको धारा ८ उपधारा १ अनुसार तदर्थ अवस्थामा रहेको बागमती प्रदेश ब्याडमिन्टन तदर्थ समितिलाई स्थायी रूपमा बागमती प्रदेश ब्याडमिन्टन संघ गठन गर्न लागिएको हुँदा बागमती प्रदेश तदर्थ कार्यसमितिमा रहेको सदस्यका रूपमा तपाईंलाई तपसिलको मिति, समय र स्थानमा उपस्थित हुनका लागि अनुरोध छ,' शाहले पठाएको पत्रमा उल्लेख छ ।
तर, प्रदेशमा यसअघि नै संघ गठन भई बागमती प्रदेश खेलकुद परिषदमा दर्ता समेत भइसकेको छ । समानान्तर कमिटी गठन गर्न लागिएको भन्दै थिङले उक्त भेला बहिष्कार गर्ने बताएका छन् ।
भदौ २६ गते बोलाइएको भेला स्थगित गर्नका लागि आवश्यक निर्देशन दिन भन्दै थिङले भदौ २० गते बागमती प्रदेश खेलकुद विकास परिषदलाई औपचारिक पत्रमार्फत आग्रह गरिसकेका छन् ।
'२०८० चैत १ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार एक वर्षभित्र बागमती प्रदेश ब्याडमिन्टन संघको निर्वाचन गर्ने गरी बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समिति गठन गरिएको थियो,' थिङले लेखेको पत्रमा उल्लेख छ ।
आवश्यक प्रक्रिया पुर्याई प्रदेश सरकारले तोकेको संघ दर्ताको शुल्क तिरेर प्रमाणपत्र २०८१ असार ६ गते पाएको, संस्था दर्ता नम्बर ०६१/०८१ रहेको समेत उक्त पत्रमा उल्लेख छ ।
'संघ दर्ता गरी प्रमाणपत्र समेत लिइसकेको अवस्थामा राष्ट्रिय खेलकुद ऐन, २०७७ नमानिकन गठन भएको नेपाल ब्याडमिन्टन संघले अर्को कमिटी निर्माण गर्ने गरी समानान्तर कमिटी बनाउन लागेको हुँदा उक्त कार्य स्थगित गर्न आवश्यक निर्देशन दिनुहुन हार्दिक अनुरोध गर्दछु,' थिङले प्रदेश सदस्य सचिवलाई लेखेको पत्रमा उल्लेख छ ।
'केन्द्रमा जसरी अवैधानिक ब्याडमिन्टन संघ सञ्चालन भइरहेको छ, त्यसैगरी उनीहरूले प्रदेशमा पनि अवैधानिक संघ सञ्चालन गर्न खोजेका छन्,' थिङले लोकान्तरसँग भने, 'राष्ट्रिय खेलकुद ऐन, २०७७ को प्रावधानविपरीत उनीहरूले प्रदेशमा पनि अवैधानिक समानान्तर कमिटी गठन गर्न खोजेकाले हामी भदौ २६ गते बोलाइएको भेलालाई बहिष्कार गर्छौं ।'
यस विषयमा बुझ्दा बागमती प्रदेश खेलकुद विकास परिषदका कार्यबाहक सदस्यसचिव बद्री पाठकले समेत भदौ २६ गते प्रदेश खेलकुद परिषदको कुनै किसिमको सहभगिता नहुने बताए ।
'यसअघि नै सदस्य सचिवस्तरीय निर्णयबाट बागमती प्रदेशमा ब्याडमिन्टन संघको प्रदेशस्तरीय संघ दर्ता भइसकेको छ । उक्त संघको आधिकारिकता वा वैधताबारे भोलि प्रस्ट होला,' बागमती प्रदेश खेलकुद विकास परिषदका कार्यालय प्रमुख समेत रहेका पाठकले लोकान्तरसँग भने, 'भदौ २६ गते बोलाइएको भेला वा कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदको तर्फबाट कुनै किसिमको सहभागिता रहँदैन ।'
यस विषयमा प्रतिक्रिया लिनका लागि संघका अवैधानिक उपमहासचिव शाहलाई पटक–पटक फोन गर्दा पनि उठेन । केन्द्रको ब्याडमिन्टन संघलाई राष्ट्रिय खेलकुद परिषदले पनि मान्यता दिएको छैन । २०८१ साउन २२ गते राखेपका सूचना अधिकारी खुशराज दाहालले सुभाष श्रेष्ठलाई पत्रमार्फत दिएको सूचनामा संघलाई मान्यता प्रदान नगरिएको प्रस्टसँग खुलाइएको छ ।
'संघले निर्वाचनसहितको साधारण सभाका लागि स्वीकृति माग गरेको तर मापदण्ड पूरा नगरेका कारण परिषदबाट स्वीकृति प्रदान नगरिएको,' उक्त पत्रमा उल्लेख छ ।
२०८० जेठ २९ गते राखेपले विधान संशोधन गरी निर्वाचनका लागि तदर्थ समिति गठन गरेको, विधान मस्यौदा तयार गर्न परिषदबाट स्वीकृति दिइएको तर मापदण्ड पूरा नगरेकाले संघको निर्वाचनसहितको साधारण सभालाई परिषदले स्वीकृति प्रदान नगरेको उक्त पत्रमा खुलाइएको छ ।
रामजीबहादुर श्रेष्ठ नेतृत्वको कार्यसमिति नै अवैधानिक रहेको भनेर राखेपले नै भनिसके पनि श्रेष्ठले लामो समयदेखि अवैधानिक तवरले संघ सञ्चालन गर्दै आएका छन् ।
फ्रान्सको पेरिसमा सम्पन्न भएको ओलम्पिकमा पनि श्रेष्ठले आफूखुशी आधिकारिक प्रशिक्षक सुदीप योञ्जनलाई सहभागी नगराएर त्यहाँ भाडाको प्रशिक्षक राखेका थिए ।
संघका अवैधानिक अध्यक्ष श्रेष्ठसहित अवैधानिक पदाधिकारीहरू पालैपालो पेरिस पुगे, तर राष्ट्रिय प्रशिक्षक योञ्जनलाई भने जान दिइएन ।
पढ्नुहोस्, यो पनि :
ब्याडमिन्टन संघका अध्यक्षको मनोमानी: कोचको नाम मेटेर असम्बन्धितलाई पेरिस पठाउन जोडबल
राखेपले भन्यो– ब्याडमिन्टन संघको वर्तमान कमिटी अवैध, पाएको छैन स्वीकृति
ब्याडमिन्टन संघका अध्यक्षको मनोमानी: कोचको नाम मेटेर असम्बन्धितलाई पेरिस पठाउन जोडबल
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...