×

पूर्व मुख्यमन्त्री कार्कीले दिए ४८ घण्टाभित्र माग पूरा नगरे अनशन बस्ने चेतावनी

विराटनगर | भदौ २३, २०८१

फाइल तस्वीर

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ४८ घण्टाभित्र आफ्ना माग पूरा नगरे अनशन बस्ने चेतावनी दिएका छन्।

Laxmi Bank

आफ्नो कार्यकालमा शुरू भएका जनहितकारी योजनाहरू वर्तमान सरकारले रोक्दै आएको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिएका हुन्।​


Advertisment

आइतबार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पूर्व मुख्यमन्त्री कार्कीले प्रदेशका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेवीहरूलाई प्रोत्साहन भत्ता, शैलजा आचार्य मुटु रोग उपचार केन्द्रको सञ्चालन र सुनसरी-मोरङका चार पालिकालाई बाढीबाट जोगाउन केसरिया करिडोर निर्माणको कामलाई पुनः शुरू नगरे अनशन बस्ने घोषणा गरेका छन्।


Advertisment

उनले वर्तमान सरकारमाथि जनहितकारी कार्यक्रमहरूमा कटौती गरी जनविरोधी काम गरिरहेको आरोप लगाएका छन्।

कार्कीले यसबारे ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घण्टाभित्र आफ्नो माग पूरा नभए प्रदेशसभा परिसरमा कात्रो लिएर अनशन बस्ने चेतावनी दिएका छन्।

उनले भनेका छन्, 'जनजीविका केन्द्रित कार्यक्रमहरूलाई सरकारले बेवास्ता गरिरहेको छ र म आफ्नो अडानबाट पछि हट्दिन। जनताको हितका लागि म मृत्युलाई पनि अंगाल्न तयार छु।'

पूर्व मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसको प्रदेश समिति र केन्द्रीय समितिलाई पनि आफ्नो अनशनबारे जानकारी गराइसकेका छन्।

कोशीमा हाल एमालेको नेतृत्वमा सरकार रहेको भए पनि निकट भविष्यमा नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने तयारीमा छ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x