×

साहसी चेली

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

काठमाडाैं | भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि बढेकी थिइन्, त्यसरी नै प्रतिकूल समयको परवाह नगरी समीक्षा अधिकारी आफ्नो सांगीतिक कर्ममा अगाडि बढेकी छिन् ।

Laxmi Bank

पासाङ ल्हामु शेर्पा बाँच्न सकिनन्, तर चिसा बरफहरूसँग अन्तिम समयसम्म लडिन् । समीक्षा अधिकारी बाँचिरहेकी छिन्, अनि हिमालको बरफभन्दा पनि कडा मानिसहरूसँग लडिरहेकी छिन् । लडाइँका प्रकृति फरक होलान्, तर प्रतिकूल मौसम र प्रतिकूल समय एकै हो । पासाङ ल्हामु शेर्पा र समीक्षा अधिकारीको बीचमा मैले समान साहस र उस्तै वीरता देख्छु ।


Advertisment

३० हजार फिटमा उडेको जहाजको इन्जिन अचानक Stalling भएजस्तै समीक्षा अधिकारीको सुनौलो सांगितिक यात्रा पनि एकाएक Stalling भयो । समीक्षाले कलिलो उमेरमा सहनु परेको 'टर्बुलेन्स' देखेर धेरैको मनमुटु हल्लिएको थियो । स्वार्थी शहरमा कयौं मानिस समीक्षाको मृत्युको 'ब्रेकिङ न्युज' कुरेर बसिरहेका थिए । तर, तिनीहरूको चाहना पूरा हुन सकेन ।


Advertisment

धुन्दुकारी समाजले समीक्षालाई 'सोसियल आइसोलेसन'मा पारेर, 'पर्सनल मिसकन्डक्ट' गराएर मार्नै खोजेको थियो । समीक्षालाई 'लिगल प्रोटेक्सन', 'भिक्टिम प्रोटेक्सन', 'प्रोटेक्सन फर्म एक्सप्लोइटेसन' दिनुपर्ने ठाउँमा उल्टै आफ्ना साथीभाइसँग पनि उभिन नसक्ने बनाएको थियो । तर, समीक्षाले निडरताका साथ मेला/पर्वहरूमा गीत गाउन थालिन् । समीक्षाले गीत गाउनु भनेको समीक्षा बाँच्नु पनि हो ।

समीक्षाका अगाडि पीडाका अग्ला पहाड थिए । तर, ती पहाडमा ठक्कर खाइनन् । बरु 'अल्टिच्युड मेन्टेन' गरेर आफूलाई रिकभर गरिन् । आफूलाई सहज नहुँदासम्म 'गो अराउन्ड' गरिन् । त्यसपछि 'भर्टिकल स्पिडमा डिसेन्ड' गरिन्, अनि सफलतापूर्वक अवतरण गरिन् । पहिला समीक्षालाई नानाभाँती भन्ने मनुष्यहरू आजभोलि उनलाई जन्मदिनको शुभकामना दिन थालेका छन् ।

समीक्षाका अगाडि पीडाका अग्ला पहाड थिए । तर, ती पहाडमा ठक्कर खाइनन् । बरु 'अल्टिच्युड मेन्टेन' गरेर आफूलाई रिकभर गरिन् । आफूलाई सहज नहुँदासम्म 'गो अराउन्ड' गरिन् । त्यसपछि 'भर्टिकल स्पिडमा डिसेन्ड' गरिन्, अनि सफलतापूर्वक अवतरण गरिन् । पहिला समीक्षालाई नानाभाँती भन्ने मनुष्यहरू आजभोलि उनलाई जन्मदिनको शुभकामना दिन थालेका छन् ।

समीक्षाले अधिकारी वंशको नै इज्जत फाली भन्ने केही अधिकारी सरहरू पनि थिए । तिनीहरूले आफ्नो थर अधिकारी भएकाले समाजमा नाक देखाउन लाज भयो समेत भन्न भ्याए । संकटको बेलामा साथ दिनुपर्नेमा उल्टै वंशकै बदनाम भयो भन्ने ती अधिकारी सरहरूलाई (सबैलाई हैन) भन्न चाहन्छु- 'तिमीहरूको वंशमा तिमीहरूजस्तो जोइटिंग्रे मात्र नभई समीक्षाजस्तो साहसी छोरी पनि जन्मिँदा रहेछन् ।'

समीक्षाले अनुहारमा बुर्का लगाएकी थिइनन् । तर, 'हराम' काम गरेको आरोपमा उनीमाथि स्टेजमै पत्थरबाजी (ढुंगा प्रहार) गरियो । फोहोर पानीले भरिएको बोतल फ्याँकियो । तिनीहरूका ईश्वरको नै निन्दा भएजसरी समीक्षामाथि अश्लील नाराबाजी भयो । त्यसैले भन्न मन लाग्छ, तालिबानी सोच बोक्नका लागि काबुल, कान्दाहार र हेलमन्ड प्रान्तमै जन्मिनुपर्छ भन्ने छैन रहेछ, जुम्ला, पोखरा, नुवाकोट, धनगढी जता बसेर पनि तालिबानी सोच प्रदर्शन गर्न सकिने रहेछ ।

केटा फसाउने समीक्षाका कारण हामी केटीहरूको बदनाम भयो, समीक्षाका कारण छोरी भएर जन्मिएकोमा पनि लाज लाग्यो भन्ने केही नखरमाउलीहरू पनि थिए । तिनीहरूको मानसिकतालाई त के भन्नु, टिप्पणी गरेर आफ्नै बेइज्जत गर्न चाहन्नँ ।

२ हजार रुपैयाँ बोकेर गोंगबु बसपार्कमा यौन दलाली खोजिरहेका केही व्यक्तिले पनि सामाजिक सञ्जालमा समीक्षालाई १० लाख नामकरण गरिरहेका थिए । केही महिनापश्चात तिनीहरूले आफूहरूलाई युरोप लैजाने भनेर दलालहरूले बन्धक बनाए भनी उद्धारका लागि अनुनय गर्न थाले । अब त तिनीहरूले पनि राम्रोसँग बुझे होलान्, ललाईफकाई गरेर बन्धक बनाउने मात्र होइन, यौन दुर्व्यवहार तथा करणी पनि हुन्छ भन्ने ।

केही थान बज्यैहरूले पनि समीक्षालाई 'मर्न नसकेको असतिनी' भनेर टिकटकमा भिडियो बनाए । हरे राम, हरे शिव, हरे कृष्ण "Consent is the cornerstone of any sexual relationship. Even if someone is your girlfriend, partner, or wife, if they do not consent to sexual activity, any act forced upon them is considered rape." (अर्थात्, सहमति कुनै पनि यौनसम्बन्धको आधारशिला हो । यदि तपाईँकी प्रेमिका, पार्टनर वा पत्नी नै किन नहोस्, उनीहरूले यौन क्रियाकलापका लागि सहमति जनाएनन् भने जबरजस्ती गरिने कुनै पनि कार्यलाई बलात्कार मानिन्छ ।) भनेर आफ्नो नाम पनि लेख्न नजान्ने बज्यैहरूलाई कहिले सिकाउने होला ?

घरजम गरेर पुत्र जन्माइसकेका कतिपय म्याडमहरूबाट पनि समीक्षाजस्ता केटीका कारण आफ्नो पुत्र जोगाउन मुस्किल भएको गुनासो सुनिन्थ्यो । समीक्षाजस्ता केटीको कारण कुन दिन आफ्नो पुत्र पनि बलात्कारी काण्डमा फस्ने तिनीहरूको चिन्ता थियो । डियर पुत्रप्रेमी म्याडमहरू, आजको मितिसम्म यौनसम्पर्क गर्दा रक्तश्राव भएर कुनै पुत्रको निधन भएको छैन । यौनसम्पर्क गरेपछि कुनै पुत्र झुण्डिएर मरेको छैन । कुनै पुत्रको हात खुट्टा बाँधेर उसको यौनांगलाई क्षतविक्षत बनाइएको छैन । बित्थामा किन पीर गरेको ?

हजुरहरूका प्यारा पुत्रलाई न्याय दिएर अनाहकमा जेल जानबाट जोगाउने काम न्यायालयले गर्छ । तर, पुत्रीहरूको ज्यान जानबाट जोगाउने काम न्यायालयले गर्न सक्दैन । त्यो काम समाजको हो, हजुरहरूको हो । बुझ्नुभयो त डियर ब्युटिफूल म्याडमहरू ? अनि अर्को कुरा तपाईंहरूको कोखबाट सधैँभरी पुत्र मात्रै जन्मिदैनन्, कहिलेकाहीँ त पुत्री पनि जन्मिन्छन् होला । पुत्रलाई जेल जानबाट जोगाउने, अनि पुत्रीहरूलाई चाहिँ नजोगाउने ?

चिना हेराएर मागी बिहे गरेका कारण सबै म्याडमहरूका श्रीमान ह्यान्डसम नहुन सक्छन् । दिनभरि घरमा टीभी हेर्दा जो-जो ह्यान्डसम देखिन्छन्, शायद तिनीहरू नै म्याडमहरूको कल्पनाको राजकुमार बन्न सक्छन् । यस्ता म्याडमहरूलाई Erotomania जस्तो delusional disorder भएको हुन्छ । कुनै सेलिब्रिटी वा 'ह्यान्डसम हंक'लाई कानूनी डण्डा चल्न थाल्यो भने अनौठा-अनौठा जिउडाल भएका म्याडमहरू छेउ न टुप्पाको आन्दोलन गर्न सडकमा निस्किने गर्नुहुन्छ ।

समीक्षाले आँसु झार्दा नेपालका बौद्धिक वर्गको जाले रुमाल भेटिएन । नेपालको बौद्धिक वर्ग भनेको जम्माजम्मी एक बजार हो । उदाहरणका लागि केही महिनाअगाडि सत्य कुरा बेल्दा पनि मह-जोडीले माफी माग्नुपरेको थियो । लोकतन्त्र नभई बजारतन्त्रमा हुने यही हो । समीक्षाका निम्ति महानायक कहलिएका राजेश हमालहरूले कुनै नायकत्व प्रदर्शन गर्न सकेनन् । भीरबाट हाम्फालेर पीडित बचाउन आइपुग्ने कथित मोटिभेसनल स्पिकर निखिल उप्रेतीहरूले कुनै एक्सन देखाएनन् ।

यो स्तम्भकार न्यायालयको फैसलाप्रति केही टिप्पणी गर्न चाहन्नँ । समीक्षासँग जोडिएका व्यक्तिको मात्र नाम पनि उच्चरण गर्न चाहन्नँ । आफ्नो कर्मको फल एक न एक दिन सबैले भोग्नुपर्छ । अदालतले गर्न नसकेको फैसला भगवानले गर्न सक्छन् । तर,  समीक्षाले आफूलाई 'मेन्टल्ली, इकोनोमिकल्ली, इमोसनल्ली' सन्तुलनमा ल्याइसकेको देखिन्छ । तर, पनि बेलाबेलामा समीक्षालाई 'Beauty with Zero brain'हरूले मिडियामार्फत किन डिस हान्छन् ?

आफ्नो व्यापारिक फाइदाका लागि कुनै एक व्यक्तिको लोकप्रियतालाई प्रयोग गर्नु र घटनाप्रधान वियषहरूलाई उठाउनु राम्रो हैन । भन्ने नै हो भने त तिनीहरूले आफूलाई Angelina Jolie, Jennifer Lawrence, Brad Pitt र Leonardo DiCaprio जस्तो महान कलाकार सोचेका होलान् । तर, तिनीहरूलाई चितवनदेखि उता कसैले पनि चिन्दैनन् । सिराहा, सप्तरीतिर त झन् 'हजुरको नाम के हो  ? ' भनेर सोध्छन् ।

उज्यालो अनुहार लिएर समीक्षाले गीत गाउँदा यहाँ धेरैको अनुहार अँध्यारो हुन्छ । मान्छेको अगाडि कसरी नाक देखाउली भनेर हेँलाहोचो गरिएकी समीक्षा आज देश/विदेशका कार्यक्रममा हिँडेको देख्दा यहाँ धेरैलाई जलन हुन्छ । तिनीहरूलाई यो पनि थाहा छ, झोलामा डिप्रेसनको औषधि बोक्नुपर्ने समीक्षाले मेकअपको सामग्री बोकेर हिँडिरहेकी छिन् ।

समीक्षालाई मृत देख्न चाहनेहरूले आज उनकै गीतमा नाँच्नुपरेको छ । यिनीहरू त चाहन्थे, समीक्षा मुग्लिनको पुलबाट हामफालेर मरोस् । तर, समीक्षाले अष्ट्रेलियाको ओपेरा हाउसमा पुगेर फोटो खिचिन् । पाखण्डीहरू हो, तिम्रा छोरीहरूलाई साहसी बनाउन कराँते सिकाउन पर्दैन, समीक्षा बनाए पुग्छ ।

सासुआमाको गालीगलौज सहन नसकेर यो देशमा कयौं बुहारीहरू भीरबाट हाम्फालेका छन् । नन्द देउरानीको वचन सहन नसकेर कयौं भाउजूहरूले विष सेवन गरेका छन् । श्रीमानको अवहेलनाले सीमा काट्दा सुतेकै कोठामा हजारौं हजार प्रियसीहरू झुण्डिएका छन् । ३ करोड जनसंख्यामा साढे २ करोडभन्दा बढीले समीक्षाको हुर्मत काड्न खोजे तर उनी विचलित भइनन् । बरु 'One man army' झैँ खडा बनिन् ।

धेरैले सोचेका थिए, समीक्षा अब गुमनाम हुन्छिन् । समीक्षा जीवित रहे पनि मरे बराबरकै हुन्छिन् । तर, समीक्षा यो पापी समाजलाई च्यालेन्ज दिएर अगाडि बढिन् ।  मानिसहरू भन्छन्- यो पशुपतिनाथको देश हो । तर, मलाई त लाग्छ यो पापी नै पापीहरूको देश हो । मानिसहरू टाउकोभरी पापको घडा उचालेर चोकचोक र गल्लीगल्लीमा हजारौं समीक्षाको अस्मिता मापन गर्नका पासो थापेर उभिएका छन् ।

समीक्षा भुँग्रोबाट उछिट्टिएर निस्किएकी माछाजस्ती हुन् । समीक्षा गुलेलीको मट्यांग्राबाट जोगिएकी चरीजस्ती हुन् ।

समाजले गिराउन खोज्दा पनि आफैंले साहस बटुलेर शिर उठाएकी समीक्षा शिर अब नेपाली समाजले उठाइदिनुपर्छ । पूर्वी पहाडको लिम्बू समुदायमा कसैले शिर झुक्ने काम वा व्यवहार गरे कुखुराको भालेसहित माङ्गेना गर्ने (शिर उठाउने संस्कृति) छ । समीक्षा अधिकारीको माङ्गेना हुनु जरुरी छ । हामी सबै नेपालीहरूले समीक्षाको शिर उठाइदिनु पर्दछ । समीक्षाको माङ्गेना गरिनु जरुरी छ ।

मलाई समीक्षा 'महाभारत'को पात्र द्रौपदीजस्तो लाग्छ । द्रौपदी नारी उत्पीडन, दलन, सहनशीलता तथा बौद्धिकताकी प्रतिमूर्ति थिइन् । बोल्न सक्ने र प्रतिवादको क्षमता हुँदाहुँदै पनि उनी पुरुष सत्ताको पाङ्ग्राले नराम्ररी किचिएकी थिइन् । आफ्नो 'स्वार्थ पूर्ति' गर्न युधिष्ठिरले उनलाई पाँचै भाइकी साझा पत्नी बनाएका थिए । गर्दै नगरेको अपराधका लागि दुर्योधनको सभामा दुःशासनले द्रौपदीलाई जगल्ट्याउँदै तानेको थियो । द्रौपदीमाथि सबैजना हाँसेका थिए ।

अहिले कतिपयले भन्छन्, श्रीमतीको पनि बलात्कार  हुन्छ र ? हो, श्रीमतीको पनि बलात्कार हुन्छ । महिनावारीका कारण रगत बगाएर बसिरहेकी श्रीमतीलाई जबर्जस्ती यौन क्रियाकलाप गर्न खोज्नु पनि एकप्रकारको बलात्कार नै हो । मध्यरातमा टन्न रक्सी खाएर अनि मुखभरी खैनी हालेर नशाको तालमा श्रीमतीलाई प्रताडित गर्नु पनि बलात्कार नै हो । सिगरेटका ठुटा सल्काएको अनि पान पुकार खाएको मुखले चुम्बन गर्न खोज्नु पनि बलात्कारको प्रयास नै हो ।  

समीक्षा तिमी सुन्दर छौ । त्योभन्दा धेरै साहसी छौ । सिर्जनशील पनि छौ । अझै अगाडि बढ । तिम्रो स्वरको जादू संसारभरी फैलाऊ ।

समीक्षामाथि बलात्कार भएको हो कि हैन, भगवानलाई मात्रै थाहा होला ।  तर, यौनहिंसा सय प्रतिशत भएको हो । कसले गरेको हो त्यो पनि म भन्दिनँ । तर, कोही न कोहीले पक्कै गरेको हो । हुलहुज्जतको अगाडि घुँडा टेक्ने नेपालको संविधानका छिद्रहरू बुझिएको छैन, तर यति कुरा त पक्कै बुझिएको छ- "If someone is pressured, threatened, emotionally blackmailed, or manipulated into sexual activity against their will, it is still considered rape, even without the use of physical force. Rape is defined by the absence of consent, regardless of the relationship between the individuals involved."

(यदि कसैलाई दबाब, धम्की, भावनात्मक रूपमा ब्ल्याकमेल वा जबरजस्ती गरेर उसको इच्छाविरुद्ध यौन क्रियाकलापमा सहभागी गराइन्छ भने शारीरिक बल प्रयोग नगरिए पनि त्यसलाई बलात्कार नै मानिन्छ। बलात्कार भनेको सहमतिबेगर हुने यौन क्रियाकलाप हो,जुन व्यक्तिहरू बीचको सम्बन्धको पर्वाह नगरी लागू हुन्छ ।)

अझ नाबालिकको हकमा त सहमतिमै भए पनि त्यो बलात्कार ठहरिन्छ ।

आगरामा सुन्दर ताजमहल बनाउने कामदारहरूको हातका औँला काटिएको थियो अरे । भनिन्छ, मस्कोमा St. Basil's Cathedral जस्तो अद्‌भूत संरचनाका वास्तुकार पोस्टनिक याकोभलेभको आँखा निकालिएको थियो रे, ताकि तिनीहरूले यस्ता सुन्दर संरचना अन्त कतै निर्माण गर्न नसकुन् । नेपालमा पनि कतिपयलाई रहर लागेको थियो होला, समीक्षाका सिर्जनशील औंलाहरू काट्न, चेतनशील आँखाहरू निकाल्न । तर, तिनीहरूले सकेनन् । र, अब कहिल्यै सक्दैनन् पनि ।

समीक्षा तिमी सुन्दर छौ । त्योभन्दा धेरै साहसी छौ । सिर्जनशील पनि छौ । अझै अगाडि बढ । तिम्रो स्वरको जादु संसारभरी फैलाऊ । जापानको तीज कार्यक्रममा तिम्रो गीतमा टिकटक स्टार माइला दाइ एक मिटरसम्म खुट्टा फड्काएर नाचेको देखेको थिएँ । मान्छेहरू के–के स्टार भइसके, म त केही पनि बन्न सकेको छैन । अनलाइनमा लेख लेखेर कोही मान्छे स्टार बनेको कुरा आजको मितिसम्म मलाई थाहा पनि छैन ।

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x