×

दोस्रो वरीयताका गुमनाम नेता

पार्टी अध्यक्ष नबनी राजनीतिबाट बिदा हुने बाटोमा ईश्वर पोखरेल

काठमाडाैं | भदौ २५, २०८१

प्रतिनिधिसभाको दोस्रो दल नेकपा एमालेमा ईश्वर पोखरेल दोस्रा ठूला नेता हुन् । अर्थात्, उनी अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा छन् ।

Laxmi Bank

२०७८ मंसिरमा १०औं महाधिवेशनबाट पोखरेल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका थिए । सुवास नेम्वाङलाई रोक्दै अध्यक्ष ओलीले पोखरेललाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाए । 


Advertisment

पार्टीको वरीयतामा दोस्रो शक्तिशाली नेता हुनुका बावजुद पनि पोखरेल ३ वर्षयता गुमनामजस्तै छन् । बलियो पद भए पनि पार्टी राजनीतिमा पोखरेलको उपस्थिति र सक्रियता नदेखिएको नेताहरू बताउँछन् । 


Advertisment

पोखरेल २०७८ को चुनावमा काठमाडौं ५ बाट कांग्रेसका प्रदीप पौडेलसँग ५ हजारको फराकिलो मतान्तरले पराजित भएका थिए । 

पहिलोपटक उम्मेदवार बनेका पौडेलले १५ हजार २३७ मत प्राप्त गरेका थिए । पोखरेलले भने १० हजार १५७ मत मात्र प्राप्त गरे । 

पोखरेल काठमाडौं– ५ बाटै २०६४ र २०७० को चुनावमा पराजित भएका थिए । तेस्रो प्रयासमा २०७४ भने यही क्षेत्रबाट जितेका थिए । पार्टीमा सिनियर नेताको रूपमा भए पनि सांसद हुन नसकेपछि पोखरेल गुमनामजस्तै देखिएका हुन् । 

null

संस्थापनको निकट हुन चाहने, जोखिम नमोल्ने !

पोखरेलले जो संस्थापन भएपनि निकट हुने, तर जोखिम नमोल्ने नेताको छवि बनाएका छन् । आफ्नो पद सुरक्षित गर्ने तर, जोखिम नमोल्ने उनको शैलीले पद पाएर पनि पार्टीमा हस्तक्षेपकारी भूमिका निभाउन नसकेको उनलाई चिन्नेहरू बताउँछन् । 

पोखरेलले जो संस्थापन भएपनि निकट हुने, तर जोखिम नमोल्ने नेताको छवि बनाएका छन् । आफ्नो पद सुरक्षित गर्ने तर, जोखिम नमोल्ने उनको शैलीले पद पाएर पनि पार्टीमा हस्तक्षेपकारी भूमिका निभाउन नसकेको उनलाई चिन्नेहरू बताउँछन् । 

‘कार्यकारी भूमिकामा अध्यक्षपछि महासचिव शक्तिशाली पद हो, किनकि संगठनमा महासचिवको प्रभावकारी दबदबा हुन्छ । तर, पोखरेलले पटक–पटक महासचिव भए पनि आफ्नो योग्यता परीक्षण गर्न चाहनुभएन,’ एमाले स्रोत भन्छ, ‘संस्थापनको नजिक हुन चाहने तर, विचार र कार्यशैली देखाएर जोखिम मोल्दै चुनौती दिन नसक्ने उहाँको कमजोरी हो । यसैले शक्तिशाली महासचिवबाट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षमा थन्किनुभयो । म पार्टी हाँक्न सक्छु भनेर दाबी नै गर्नुभएन । त्यसैले उहाँ अब पार्टीको अध्यक्ष नबनी राजनीतिबाट बिदा हुने स्थितिमा पुग्नुभएको छ ।’ 

ओलीको उत्तराधिकारीमा न नाम, न काम !

एमालेमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र गुरूप्रसाद बराल उपाध्यक्ष छन् । 

तर, पौडेल र पाण्डेबाहेक अरू उपाध्यक्ष गुमनामजस्तै छन् । यसैले एमालेमा अब ओलीपछिको उत्तराधिकारी को हो भन्नेमा पनि ईश्वर पोखरेलका नाम नआउने नेताहरू बताउँछन् । 

‘अध्यक्ष ओली राजनीतिक जीवनको उत्तरार्धमा हुनुहुन्छ । सम्भवतः अब हुने महाधिवेशनमा नै एमालेले उहाँको उत्तराधिकारी खोजी गर्नेछ,’ एमाले स्रोतले भन्यो, ‘तर ओलीपछिको वरीयतामा भएका पोखरेलको दाबेदारी पुग्ने देखिएको छैन । उपाध्यक्ष विष्णु पौडेल वा महासचिव शंकर पोखरेल नै दाबेदार देखिएका छन् ।’

एमालेका एक नेता अझै पनि चर्चामा पार्टी फुटाएका माधव नेपाल तथा निष्क्रिय भीम रावल र पूर्व राष्ट्रपति विद्या भण्डारी रहेको बताउँछन् । 

‘एमालेमा माधव नेपालले पार्टी फोडेर विद्रोह गरे, भीम रावल महाधिवेशनमा जोखिम मोलेरै प्रतिस्पर्धा गरेपछि कर्नरमा पुगे । आज सक्रिय नभए पनि एमालेमा ओलीको उचाइको हाराहारीमा विद्या चर्चित छन् । काठमाडौं आएका नेता/कार्यकर्ता भण्डारीको निवास नपुगी फर्किँदैनन्,’ एक नेता भन्छन्, ‘वरिष्ठ नेता भएर पनि पोखरेलकोमा कोही पुग्दैनन् ।’

अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै गर्दा पोखरेलले पार्टी चलाउन सक्ने गरी विश्वास दिलाउन समेत नसकेको नेताहरू बताउँछन् ।

‘हाम्रो पार्टीमा अध्यक्षको अगाडि कसैले बोल्न र म अगाडि बढ्छु भनेर भन्न सक्दैनन् । यसपटक अध्यक्ष प्रधानमन्त्री बनेको मौकामा तपाईंको विश्वास र सद्भाव कायम राखेर पार्टी चलाउँछु भन्नुपर्ने हो,’ एमालेका एक प्रभावशाली नेता भन्छन्, ‘अध्यक्षले सहजै ल चलाऊ भनेर दिनुहुँदैन । पोखरेलले पनि म पार्टी चलाउँछु भनेर भन्न सक्नुभएको छैन ।’

आफैं पनि सक्रिय नहुने स्वभाव

उमेरले ७० वर्ष पुगेका पोखरेल संघर्ष, अध्ययन, लेखनजस्ता विषयमा पोख्त मानिन्छन् । वाकपटुकता र भाषा/साहित्यमा पनि उनको छवि राम्रो मानिन्छ । तर, आफूले पाएको पदअनुसार आफैंलाई विकास नगर्दा उनी पार्टीमा पछाडि पर्दै गएका छन् । 

वरिष्ठ उपाध्यक्षको रूपमा पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मा पोखरेललाई छ । यो पार्टीको थिंकट्यांकजस्तै हो । तर पोखरेलले बुद्धिजीवीलाई बोलाएर कहिलेकाहीँ छलफल गर्नेबाहेक काम गरेर आफूलाई खरो उतार्न नसकेको एमालेकै नेताहरू बताउँछन् । 

च्यासलस्थित केन्द्रीय कार्यालयमा पोखरेलका लागि कार्यकक्ष छ । तर, उनी नियमित आउँदैनन् । पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको कहिलेकाहीँ बस्ने बैठकमा पोखरेल आउँछन् । तर, अरू समयमा उनी कार्यालयमा नियमित नआउने गरेको एमाले कार्यालय स्रोत बताउँछ । 

केही दिनअगाडि कार्यालय आएका उनले सरकारमा मन्त्रीहरूले कस्तो काम गरिरहेका छन् भनेर सोधखोज गरेका थिए । उनी कार्यालय आए पनि कार्यकर्ताले उत्सुकतापूर्वक भेटेको देखिँदैन ।

‘कार्यक्रम हुँदा आएको र कार्यकक्षमा बसेका देखेका छौं । उहाँको पद नै कार्यकारी नभएर सेरेमोनियल मात्रै हुँदा सक्रिय नभएकोजस्तो देखिएको हुनसक्छ,’ कार्यालय स्रोत भन्छ, ‘तर, वरीयतामा दोस्रो स्थानमा भएपनि उहाँसँग नेता कार्यकर्ताले त्यति उत्साहपूर्वक भेटघाट गरेको देखिँदैन । अरूसँगै भेटघाट गर्दा उहाँलाई पनि भेटौं भनेर केहीले हार्दिकता देखाएको मात्र देखिन्छ ।’

‘प्रतिष्ठान नीति निर्माणको थिंकट्यांकजस्तो हो । पार्टीको मात्रै होइन, सरकारमा जाँदा राज्यको नीतिबारे उहाँले प्रभावकारी छलफल गरेर सुझाव दिन सक्नुहुन्छ,’ एमालेका एक नेता भन्छन्, ‘विज्ञहरूलाई बोलाएर नियमित छलफल गर्ने, पार्टीलाई आवश्यक सल्लाह दिने काम गर्न सक्नुहुन्छ । तर, यस्ता अवसर पनि उहाँले सदुपयोग गरेको देखिँदैन ।’

दुईपटक शक्तिशाली महासचिवमा निर्वाचित भए पनि पोखरेलले पार्टीमा नेताहरूको विश्वास आर्जन नसकेको नेताहरू बताउँछन् । 

दुईपटक शक्तिशाली महासचिवमा निर्वाचित भए पनि पोखरेलले पार्टीमा नेताहरूको विश्वास आर्जन नसकेको नेताहरू बताउँछन् । 

‘महासचिव संगठन प्रमुख हो । दुई–दुईपटक शक्तिशाली पदमा निर्वाचित हुनुभयो । त्यसपछि अध्यक्षका लागि तयारी गर्नुपर्ने हो, तर उहाँले आफूलाई तयार गर्नुभएन । उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमै रमाउनुभयो’ उनीसँगै काम गरेका एक नेता भन्छन्, ‘पदमा हुँदा आफ्नै क्रियशीलता र पहलकदमीले अगाडि जाने हो, तर चुनौती लिन नसक्दा अब उहाँको राजनीति यत्ति नै हो जस्तो देखिएको छ । शक्तिशाली महासचिव भएको नेता पार्टी अध्यक्ष नभई बिदा हुने बाटोमा हुनुहुन्छ ।’  

विधानले दिएको काम लिएर जिल्ला–जिल्ला जाने सक्रियता पनि पोखरेलले देखाएका छैनन् । ‘एमालेको तल्लो तहसम्मै प्रभावकारी संगठन छ । उहाँलाई वरिष्ठ नेता भएको हैसियतमा पार्टीका नीति र कार्यक्रमबारे प्रदेशमा गएर मन्त्री, नेता/कार्यकर्तासँग छलफल एवं अन्तरक्रिया गर्ने अधिकार छ,’ ती नेता भन्छन्, ‘पदमा हुँदा गरिने कार्यक्रमले उहाँलाई नै फाइदा हुन्थ्यो । तर, चुनाव हारेपछि उहाँ सबैतिर हारेको जसरी निष्क्रिय भइदिनुभयो । उहाँले विस्तारै अवसर गुमाउँदै जानुभएको छ ।’

कार्यकारी पदमा हुँदा राजेन्द्र गौतम, आनन्द पोखरेलजस्ता नेताको साथ भए पनि अहिले पोखरेलको पछाडि कुनै प्रभावशाली नेता नरहेको बताइन्छ । बलियो भूमिकामा हुँदा पनि आफूहरूलाई त्यसअनुसार नहेरेको भनेर अधिकांश नेता असन्तुष्ट छन् ।

null

मन्त्री हुँदा पनि विवादित छवि

उपप्रधानमन्त्री हुँदा कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा पोखरेल विवादित बनेका थिए । 

कमजोर स्वास्थ्य सामग्री ल्याउँदा पनि तत्कालीन कोरोना नियन्त्रण समितिका संयोजकका रूपमा उनले गोलमटोल जवाफ दिएका थिए । 

अर्थमन्त्रालयमा दाबी गरे पनि उनी रक्षामन्त्री भए । तर, उनको कामप्रति केपी ओली नै सन्तुष्ट नभएको नेताहरू बताउँछन् ।

‘कोरोनाकालमा उहाँको भूमिकाप्रति ओली नै सन्तुष्ट हुनुभएको थिएन । केही ठेक्का प्रकरणमा उहाँका छोरा पनि विवादमा आएका थिए,’ स्रोत भन्छ, ‘सेनासँग समेत उहाँले राम्रो सम्बन्ध बनाउन सक्नुभएन भन्ने गुनासो आएको थियो  ।’ 

सिनियर नेतालाई रक्षामन्त्री बनाउँदा सेनासँग टसल भएपछि ओलीले पछिल्लोपटक हरि उप्रेती र मानवीर राईजस्ता ‘लो प्रोफाइल’ नेतालाई रक्षामन्त्री बनाएको नेताहरू बताउँछन् । 

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x