×

कांग्रेसमा विधान संशोधनको बहस– 'प्राइमरी इलेक्सन'देखि कार्यकालको सीमा तोक्नेसम्म

काठमाडाैं | भदौ २८, २०८१

नेपाली कांग्रेसमा छरितो संरचना, एकै खालको सदस्यता प्रणाली र नेतृत्वको विकास निर्वाचनबाटै गर्ने गरी विधान संशोधन गर्नुपर्ने विषय उठेको छ ।

Laxmi Bank

गत फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमै धेरै सदस्यले छरितो पार्टी संरचना बनाए मात्रै प्रभावकारी काम गर्न सकिने सुझाव दिएका थिए । 


Advertisment

त्यसैले १५ औं महाधिवेशनअघि विधान संशोधन गर्दा यसअघि अभ्यासमा कामकाजी नदेखिएका विषय बदल्न दबाब आएको हो । 


Advertisment

यस दबाबपछि गत भदौ १६ गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने विषयलाई प्राथमिकतामा राखेको थियो । 

“महासमिति बैठकमा विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव तथा पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउनेलगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव संकलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न नेपाली कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम ‘विधान संशोधन मस्यौदा समिति’ गठन गर्ने,” कांग्रेसको निर्णयमा भनिएको छ, “समितिका संयोजक र सदस्यहरू आवश्यक परामर्श गरी चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गर्ने ।”

खासगरी इतर पक्षले १५ औं महाधिवेशन समयमै गर्नुपर्ने माग राख्दै एक महिनाभित्रै विधान मस्यौदा समिति गठन गर्न सुझाएको जानकारी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले दिए । 

पोखरेलका अनुसार मुख्यगरी भद्दा संरचना, दुईखाले सदस्यता, प्रतिनिधित्व र प्रदेशको अधिकारको विषयमा विधान संशोधन गर्नुपर्ने आवाज धेरै उठेको छ । 

‘जिल्लामा ५० जनाभन्दा बढीको कार्यसमिति छ । तर, उपस्थितको संख्या १२/१५ मात्रै हुँदा बैठक नै बस्न नसक्ने जस्ता व्यवहारगत समस्या देखिए । अर्कातर्फ प्रदेशलाई अधिकार भएन भनेर प्रदेश सभापतिहरूले हरेक बैठकमा आवाज उठाउनुभएको छ । क्रियाशील सदस्यता र साधारण सदस्यताको अलमल पनि उत्तिकै भयो,’ पोखरेल भन्छन्, ‘पार्टीमा तलबाटै नेतृत्व चुनिएर आउने प्रणाली बनाउन सके पार्टी नेतृत्व माथिदेखि तलसम्मै उत्तरदायी हुन्थ्यो भन्ने पनि आवाज धेरै उठेका छन् ।’

महामन्त्री गगन थापाले गत फागुनमा भएको महासमिति बैठकमा प्रस्तुत गरेर सांगठनिक प्रस्तावमा एकै खालको सदस्यता, प्राप्तिको प्रक्रियालाई थप सहज एवं सरल बनाउन सुझाएका छन् ।

त्यस्तै, विभिन्न पदमा पुगेकाको हकमा निश्चित कार्यकाल तोक्ने, कार्यसमितिमा बहुपदमा सबैको निर्वाचन गर्ने कि केही मात्रै गर्ने भन्ने पनि सुझाव थापाले दिएका छन् । 

जिल्ला तहको मात्रै होइन, ८ वटै तहलाई छरितो बनाएर कामकाजी बनाउनुपर्ने आवाज कांग्रेसभित्र छ । छरितो संरचना बनाउँदा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय थापाले उठाएका छन् । 

पोखरेलका अनुसार पार्टीलाई लोकप्रिय बनाउन पार्टीका क्रियाशील सदस्यबाटै स्थानीय, प्रदेश र संघका उम्मेदवार छान्नुपर्ने (प्राइमरी इलेक्सन)को विषय पनि उठेको छ । केन्द्रबाट गुटबन्दीका आधारमा उम्मेदवार तय गर्नुभन्दा चुनिएर उम्मेदवार बनाउने प्रणाली विकास भए पार्टी थप लोकप्रिय हुने आवाज कांग्रेसमा उठेको छ । 

यस्तो प्रणाली विकसित गर्न सकिए सधैँ उम्मेदवारमा एउटैले अवसर पाउने अभ्यासलाई सदस्यले बदल्ने विकल्प हुने बहस कांग्रेसमा छ । महामन्त्री थापाले यसको विकल्पमा एक प्राइमरी इलेक्सनबाट एक महिलासहित सबैभन्दा धेरै मत प्राप्त गरेका तीन जनालाई छानेर निर्णय गर्ने निकायमा एकजना छान्नका लागि पठाउने प्रस्ताव पनि गरेका छन् । 

थापाले भ्रातृ संस्थाको अहिलेको अभ्यासको विकल्पमा सांगठनिक काम स्वायत्त ढंगले गर्न पाउने गरी वर्गीय मुद्दामा मात्रै केन्द्रित हुने संगठनको अभ्यास गर्नुपर्ने परिकल्पना पनि गरेका छन् । अहिलेको जनसम्पर्क समितिको स्वरूपलाई अझै धेरैका लागि खुला र प्रतिनिधिमूलक बनाउन सकिने प्रस्ताव पनि थापाले गरेका छन् । 

अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार बहुपदमा महिलालाई पनि ल्याउनुपर्ने र पदाधिकारीलाई तोकेरै जिम्मेवारी दिनुपर्ने विषय बढी उठेको छ । 

‘हामी १४ औं महाधिवेशनदेखि बहुपदमा गयौं । तर, जिम्मेवारी वितरण गर्न सकेनौं । सभापति र महामन्त्री बाहेकका पदाधिकारीलाई प्रभावकारीरूपमा जिम्मेवारी अझै छैन । जिम्मेवारी नहुँदा उपसभापति र सहमहामन्त्री किन बनाइएको होला भनेर पनि प्रश्न छन्,’ सिवाकोटीले भने, ‘पदअनुसारको जिम्मेवारी तोक्ने हो भने पार्टी तल्ला तहसम्मै क्रियाशील हुन्छ । केन्द्रीय समिति पनि ठूलो भयो भन्ने गुनासो हुँदैन । तर, जिम्मेवारी नै नदिएपछि बहुपदमा गएको विषय पुष्टि नभएको विषयलाई विधान संशोधनले समेट्नुपर्छ ।’ 

जिम्मेवारी दिए पार्टी सक्रिय हुन्छ र तल्लो तहसम्मै काम गर्छ भन्ने उदाहरण पछिल्लो विभागहरूको सक्रियताले देखाएको सिवाकोटी बताउँछन् । 

‘काम नदिएपछि केन्द्रीय समिति ठूलो भयो भन्ने गुनासो थियो । तर, पछिल्लो समय जब केन्द्रीय विभागहरू सक्रिय हुन थाले, त्यसपछि केन्द्रीय सदस्यहरूले काम पाएका छौं । पार्टीका गतिविधि तल्लो तहसम्म पुग्ने काम शुरू भएको छ, यो सुखद् हो,’ उनले भने, ‘अहिले सहकारी, पेशागत, शिक्षा, खेलकुदसहितका विभाग सक्रिय भएको र अरूले पनि बैठक राखेर कार्यक्रम गरेकाले यसबाट सिकेर विधानमा आवश्यक संशोधन गर्नुपर्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले उचित समयमा सभापतिले विधान मस्यौदा समिति गठन गर्ने जानकारी दिए । 

‘केही आवश्यक विषयलाई बदल्न महासमिति हुँदै केन्द्रीय समितिले विधान संशोधन गर्ने भनिसकेको छ, सभापति परामर्शमै हुनुहुन्छ,’ पौडेलले भने, ‘विधानअनुसार महाधिवेशन गर्नेसम्म पुग्दा विधान संशोधन मस्यौदा समिति बनेर काम अगाडि बढिसक्छ । सभापतिले उचित समयमा यो काम गर्नुहुन्छ ।’ 

तर, केन्द्रीय समितिमा उठेजस्तो एक महिनाभित्र मस्यौदा समिति गर्ने मुडमा सभापति शेरबहादुर देउवा छैनन् । ‘केन्द्रीय समितिले अलपत्र परेका भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशक समिति बनाउने भनेको त फेरि अलमल भइसक्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यस्तोमा विवाद आउने र समय लाग्ने विधानको विषयमा सभापति अगाडि बढिहाल्नुहुन्छ भन्ने लागेको छैन । तर, हामी दबाब दिन छाड्दैनौं, किनकि विधान संशोधनको विषयलाई देखाउँदै सभापतिले १५ औं महाधिवेशनलाई पछाडि धकेल्ने प्रपञ्च रचेको बुझेका छौं ।’

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x