कात्तिक २३, २०८०
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
काठमाडाैं | भदौ २८, २०८१
नेकपा एमालेले पार्टीका प्रत्येक सदस्यले अनिवार्य रूपमा प्रत्येक वर्ष दीक्षित हुनुपर्ने निर्णय गरेको छ । सचिवालय बैठकले वार्षिक १८ बुँदे कार्ययोजना पारित गर्दै प्रत्येक वर्ष हरेक पार्टी सदस्यले पार्टीका कुनै न कुनै स्कूलमा भाग लिनुपर्ने निर्णय गरेको हो ।
शुक्रबार बैठकपछि महासचिव शंकर पोखरेलले पार्टी हरेक सदस्य अब प्रत्येक वर्ष कुनै न कुनै पार्टी प्रशिक्षणबाट दीक्षित हुनुपर्ने बताएका हुन् ।
‘हामीले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने मिसन ८४ मा बहुमत प्राप्त गर्ने गरी सबै कमिटीले योजना बनाउने निर्णय गरेका छौं,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले भने, ‘यसको लागि नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने निर्णय भएको छ । साथै पार्टी स्कूल सञ्चालनलाई अभियानको रूपमा चलाउने र प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कूलमा भाग लिनैपर्ने निर्णय गरेका छौं ।’
बैठकले सदस्यता नवीकरण, विस्तार र अभिलेखिकरण गर्ने, नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने) जनाएको छ ।
त्यस्तै अरु पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने पनि पोखरेलले बताए ।
कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने कार्ययोजना पनि ल्याएको छ ।
त्यस्तै, जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने, पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने र केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने निर्णय पनि गरेको छ ।
पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने, हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने र कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने एमालेको निर्णय छ ।
हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने, त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने, पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रुपमा लैजाने उसको निर्णय छ ।
एमालेले प्रवासमा रहेका प्रवासीबीचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने, पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने र पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि महासचिव पोखरेलले दिए ।
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...