माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडाैं | भदौ २८, २०८१
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले डिभोर्स (सम्बन्धविच्छेद)का लागि ललितपुर जिल्ला अदालतमा दायर गरेको मुद्दामा श्रीमती सिन्धु रानीमाथि गम्भीर आरोप लगाएको पाइएको छ ।
श्रीमतीले पटक–पटक आत्महत्या प्रयास गरेको, आफैं डिभोर्स माग्ने गरेको, काठमाडौंमा घर/गाडीलगायतका लागि टर्चर गरेको, छोराछोरीको ज्यान जोखिममा पारेको लगायत आरोप राउतले लगाएका छन् । भदौ १२ गते दायर मुद्दामा श्रीमतीलाई अंश दिएर सम्बन्धविच्छेद गराइदिन माग गरिएको छ ।
राउतले श्रीमतीको ठेगाना ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ स्थित ललिताकुमारी यादवको घर भनेर उल्लेख गरेका छन् । शुक्रबार अदालतको टोली उक्त घरमा पुगेको थियो ।
तर, सिन्धुले आफूलाई डिभोर्स नचाहिएको भन्दै अदालतको म्याद बुझ्न अस्वीकार गरिन् ।
'शुक्रबार अदालतबाट ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ स्थित कित्ता नम्बर ९४३ मा बनेको ललिताकुमारी यादवको घरमा म्याद तामेल गर्न जाँदा सीके राउतकी श्रीमतीले पत्र बुझ्न मान्नुभएन,' ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले लोकान्तरसँग भने, 'मलाई डिभोर्स चाहिएको छैन भनेर उहाँले पत्र बुझ्नुभएन । त्यसपछि अदालतबाट खटिएका तामेलदार घरमै पत्र टाँसेर फर्किनुभयो ।'
श्रीमतीमाथि गम्भीर आरोप
२०६४ सालमा सामाजिक रितिरिवाजअनुसार बिहे भएको राउतले फिरादपत्रमा उल्लेख गरेका छन् । श्रीमतीको माइती भारतको बिहार राज्यस्थित पूर्णियामा रहेको उनले जनाएका छन् ।
२०५८ सालमा ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक, जापानको टोकियो युनिभर्सिटीबाट इन्फर्मेसन इन्जिनियरिङमा स्नातकोत्तर गरी बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरिरहेका बेला बिहे भएको उनले खुलाएका छन् ।
बिहे हुनुअघि नै सिन्धुले दुईपटक आत्महत्या प्रयास गरेको आरोप राउतले लगाएका छन् । बिहे गरेको केही समयपछि नै सिन्धुले आफूसँग डिभोर्स माग्न थालेको राउतको दाबी छ ।
२०७० पुस १४ गते उनले 'मै तलाक चाहती हुँ,' भनेर म्यासेज गरेको राउतले उल्लेख गरेका छन् ।
यही निहुँमा सिन्धुले २०७० पुस २७ गते औषधि सेवन गरी आत्महत्या प्रयास गरेको राउतको जिकिर छ ।
'आप कभी नही सम्झोगे । मुझसे जो भी गल्ती हुइ हो, उसके लिए हो सकता हो तो मुझे माफ कर दिजियेगा, क्युं कि मै आज हमेशा के लिए सोने जा रही हुँ । आप से कोइ गिला सिकवा नही है,' भनेर सुसाइड नोट लेखेको उनको जिकिर छ ।
२०७१ सालमा जेलमा १० दिनसम्म आमरण अनसनमा बस्दा अनि खुट्टा भाँचिएर हिँडडुल समेत गर्न नसक्दा पनि भेट्न नआएको राउतको गुनासो छ । आफूलाई भेट्न आउनुको साटो माइतीमा गएर बसेको आरोप राउतले लगाएका छन् ।
२०७७ सालमा पनि ह्वाट्स एपमा म्यासेज गरेर आफूलाई डिभोर्स पेपर तयार पार्न भनेको जिकिर राउतको छ ।
' डिभोर्स पेपर सुबह तक तयार रखना । कोइ भी ताकत मुझे तुमसे बाँधके नही रख सकती । बस अब बहुत हुवा । मेरा सब्रका बाँध टुट गया । बहुत घमण्ड है ना तुझे अपने इगो और पैसो पे ? तुम्हारा पैसा तुम्हे मुबारक । मुझे डिभोर्स चाहिये । तुम्हारी बीबी हुँ, कोइ युज करनेका सामान नहीं । मुझे जब चाहा युज किया, जब चाहा ठुकरा दिया ? डिभोर्स मतलब डिभोर्स है, कोइ कम्प्रमाइज नही । अब अगर ब्रम्हा, विष्णु, महेश भी आकर कहे कि सीके राउतका किसिके साथ अफेयर नही है, तो भी मै नही मानुंगी,' आफूलाई श्रीमतीले यस्तो म्यासेज गरेको जिकिर राउतले गरेका छन् ।
२०८१ वैशाख १६ गते पनि 'गुलाम' बनेर बस्न चाहन्न भन्दै श्रीमतीले डिभोर्स मागेको राउतको दाबी छ ।
'मुझे माफ कर देना । मै अब इसतरह गुलाम बन कर नहीँ रह सकती । मेरा इन्तजार मत करना । अगर अब मौत से भी बदत्तर जिन्दगी मिले तो भी मञ्जुर है । आइ वान्ट डिभोर्स । इमोसनल ब्ल्याकमेलिङ करना बन्द करो सीके राउत,' श्रीमतीको म्यासेज भनेर उनले फिराद पत्रमा उल्लेख गरेका छन् ।
श्रीमतीको माइती पक्षबाट आफूलाई टुनामुना गर्न सक्ने र श्रीमतीले नै खानामा मन्द विष मिलाएर मार्न सक्ने भएकाले जुनसुकै हालतमा डिभोर्स दिलाइदिन उनको माग दाबी छ ।
राउत दम्पतीका १० र ७ वर्षका छोरी तथा १३ वर्षका छोरा छन् ।
आफ्नो सम्पत्ति परिवारका ५ सदस्यलाई भाग लगाई एक भाग श्रीमतीलाई दिएर सम्बन्धविच्छेद गराइदिन राउतले माग गरेका छन् । छोराछोरी भने आफूले राख्न पाउनुपर्ने उनको माग दाबी छ ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले उपलब्ध गराएको बसोबासको सिफारिश साथै स्वघोषणालाई समेत फिरादपत्रमा संलग्न गरिएको छ ।
राउतलाई उक्त मुद्दाका लागि असोज ११ गतेको तारेख दिइएको छ ।
निकटस्थ भन्छन्–'यस्तो त कहिल्यै थाहा पाएनौं'
लामो समयदेखि सीके राउत र उनको परिवारसँग निकट रहेकाहरू भने राउतले आरोप लगाएजस्तो विषय आफूहरूले कहिल्यै थाहा नपाएको बताउँछन् ।
'डाक्टर साब जेल जाँदा होस् वा अर्धभूमिगत हिसाबले बस्दा होस्, दिनहुँ प्रहरीदेखि गुप्तचरहरूको निगरानीमा रहेका बेला समेत म्याडमले उहाँको साथ छाड्नुभएन । एक्लै भए पनि सन्तानको पालनपोषण गर्नुभयो,' सीके राउतको जनकपुरस्थित डेरादेखि घरसम्म आउजाउ गर्ने एक सदस्यले भने, 'अहिले यस्तो कुरा सुन्दा म त अचम्मित भएको छु । आत्महत्या प्रयास गरेको वा डिभोर्स मागेको भन्ने कुरा हामीले यसअघि कहिल्यै सुनेनौं ।'
राउत जनकपुरको माछा बजारस्थित डेरामा नजरबन्दमा रहँदा समेत श्रीमती र छोराछोरीले उनीसरहको जीवन व्यतीत गरेका छन् । तर, राउतले जतिसुकै आरोप लगाए पनि श्रीमतीले नचाहँदासम्म डिभोर्स नहुने कानूनविद्हरू बताउँछन् ।
'सम्बन्धविच्छेद हुनका लागि आवश्यक आधार र कारण देखाउनैपर्छ । त्यसभन्दा बाहिर गएर सम्बन्धविच्छेद हुन सक्दैन,' वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले लोकान्तरसँग भनिन्, 'धेरै केसमा हामीले के देखिरहेका छौं भने पुरुषले सम्बन्धविच्छेद माग्दा महिलाले इन्कार गरेको अवस्थामा सम्बन्धविच्छेद हुँदैन ।'
श्रीमतीले आरोपअनुसार आत्महत्या प्रयास गरेको हो वा डिभोर्स नै मागेको हो भने पनि त्यहाँ श्रीमानकै भूमिकाबारे समेत विचार गर्नुपर्ने उनको तर्क छ ।
'विगतमा पटक-पटक आत्महत्या प्रयास गरेको भनेर आरोप लगाएको हो भने श्रीमनकै कारण त्यसो गरेको पनि हुनसक्छ,' उनले थपिन, 'यहाँ त उहाँले अन्य कारण नै आत्महत्या गर्न खोजेको हो भनेर पुष्टि गर्न सक्नुपर्छ ।'
आत्महत्या प्रयास सम्बन्धविच्छेदको आधार हुन नसक्ने उनले बताइन् । 'कुनै महिलाले आत्महत्या प्रयास गर्छ भने त्यसमा श्रीमानको मानसिक यातना पनि कारण हुन सक्छ भनेर हेर्नुपर्ने हुन्छ,' उनले भनिन् ।
श्रीमतीले अदालतको पत्र नबुझ्नु भने गलत भएको उनको तर्क छ ।
'अदालतको पत्रचाहिँ बुझ्नुपर्थ्यो । उहाँले पत्र बुझेर अदालतसमक्ष आफ्नो कुरा राख्नुपर्छ,' सुझाव दिँदै भण्डारीले भनिन् ।
स्रोतका अनुसार राउत र उनकी पत्नी अहिले पनि एउटै घरमा बसोबास गर्छन् । यस विषयमा सिन्धुसँग कुराकानी गर्न प्रयास गर्दा सम्पर्क हुन सकेन । घरमै रहेकाले राउतको अनुमतिबेगर कुराकानी गर्न सम्भव नरहेको निकटस्थहरू बताउँछन् ।
फिराद पत्रमा पनि राउतले आफ्नो मात्र फोन नम्बर उल्लेख गरेका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...