२६ जेठ २०८३, मंगलबार

सिटी एक्सप्रेसको दशैं-तिहार योजना : १८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा

भदौ ३१, २०८१
काठमाडौं
सिटी एक्सप्रेसको दशैं-तिहार योजना : १८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' उपहार योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की 'ड्र'मार्फत  हरेक महिना २ जनाले सामसङको स्मार्ट  फोन प्राप्त गर्नेछन् ।

यस्तै, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई  जनही पाँच सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ ।

यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । साथै यस योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै सिटी 'पे'बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्