
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।
कार्की नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
माओवादीले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।
सत्ता समीकरण परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० सांसद छन् भने सत्ता घटक कांग्रेसका २९ सांसद रहेका छन् ।
कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।