×

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जसलाई श्राद्ध भनिन्छ । नित्य श्राद्ध, नैमित्तिक श्राद्ध, दैवी श्राद्ध, काम्य श्राद्ध, पुष्टि श्राद्ध, वृद्धि श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, गोष्ठि श्राद्ध, सपिण्डी श्राद्ध आदि श्राद्धका अनेक भेद छन् । यिनमध्ये यस पक्षमा गरिने श्राद्धलाई पार्वण भनिन्छ । पर्वमा गरिने श्राद्ध भएकाले पार्वण श्राद्ध भनिएको हो । एउटा मात्र पितृको उद्देश्यले गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो । पार्वण श्राद्ध धेरै पितृहरूको उद्देश्य लिएर गरिन्छ । त्यसैले यस श्राद्धलाई महालय श्राद्ध भन्ने गरिएको पनि पाइन्छ । 

Laxmi Bank

लामो समयदेखि धर्म, संस्कार र सांस्कृतिक क्षेत्रमा कलम चलाउँदै आएको भएर हो वा मानको खातिर मान हो केही दिन अघि पंक्तिकारप्रति एक पितृभक्त सज्जनबाट नामै किटेर आग्रह आएको थियो । उहाँको आग्रह थियो– ‘लोकान्तर डटकममा श्राद्धबारे आधिकारिक लेख आइदिए यसका म जस्ता नियमित पाठक धेरैको जिज्ञासा शान्त हुने थियो । उहाँ र उहाँ जस्तै अन्य धेरै सहृदयीहरूका जिज्ञासा समन हेतु यस आलेखमा श्राद्धसम्मबन्धी केही शास्त्रीय अवधारणा प्रस्तुत गर्ने प्रयास गरेको छु । 


Advertisment

वस्तुतः श्राद्ध भनेको श्रद्धा हो । पितृहरूको नाममा श्रद्धापूर्वक जुन चीज दिइन्छ त्यही नै श्राद्ध हो । त्यसैले सर्वप्रथम यही भन्न सकिन्छ कि श्रद्धा भए जहिले दिए पनि हुन्छ, जसरी दिए पनि हुन्छ । विश्वासको कुरा हो, श्रद्धापूर्वक दिएका चीज अवश्यमेव पितृहरूले लिने छन्, पाउने छन् । श्रद्धा भएन वा छैन भने जहिले, जसरी दिए पनि उनीहरूले ग्रहण गर्ने छैनन्, ग्रहण गर्न सक्ने छैनन् ।


Advertisment

हो, श्राद्धपद्धतिमा ब्राह्मणको कुरा आएको छ तर ब्राह्मण भन्नाले के बिर्सन हुन्न भने सत्पात्र वा आधिकारिक पात्र भन्न खोजिएको हो । आखिर सत्पात्र वा आधिकारिक पात्र त्यही हुन्छ जसले दिइएको चीज पचाउन सक्छ अर्थात् सदुपयोग गर्न सक्छ । भोको मानिस वा पशुपक्षीलाई खुवाएर तृप्त पार्नु भनेको त्यस्तो सत्पात्रलाई तृप्त पार्नु हो, जसको प्रतिफल कुनै पनि सत्पात्र ब्राह्मणको हातमा दिइएको भन्दा कम हुने छैन । 

यद्यपि श्राद्धपद्धतिमा श्राद्धकर्ता ब्राह्मण हस्तेन तिलकं कुर्यात् भनिएको छ । अर्थात् पद्धतिमा श्राद्धकर्तालाई ब्राह्मणको हातले तिलक लगाउनुपर्ने प्रावधान छ । तर के बिर्सन हुन्न भने ब्राह्मणको हातबाट तिलक लगाउन पाइएन भन्दैमा श्राद्ध नै रोक्नु राम्रो होइन, हुँदैन, मिल्दैन । मुख्य कुरो कर्म हो, संस्कार हो । कर्मसंस्कार रोक्नु हुँदैन, अन्यथा प्रत्यवाय लाग्छ । अर्को कुरा तिलक लगाउन ब्राह्मण नै चाहिन्छ भन्ने पनि छैन । मिल्छ सम्भव हुन्छ भने ठीकै छ पद्धतिमा लेखिएको छ, त्यसै गर्ने हो । होइन भने ज्वाइँ, भानिज, कुटुम्ब आदिका हातबाट लगाए पनि हुन्छ । त्यो पनि सम्भव नभए कन्या केटीकै हातबाटै टीका लगाएर पनि काम चलाउन सकिन्छ ।  

प्रायः पार्वण श्राद्ध बाबुको तिथिमा गर्ने परम्परा छ । त्यसमा सम्भव नभए बाजेको तिथिमा गर्न सकिन्छ । त्यसमा पनि सम्भव नभएमा औंसीमा गर्ने परम्परा छ । त्यसमा पनि सम्भव भएन भने गाइतिहारे औंसीमा र त्यो पनि नभए मङ्सिर लाग्ने सङ्क्रान्तिका दिनमा पनि गर्न सकिन्छ । धर्मसिन्धुले अश्विनशुक्ल पञ्चमी तिथिलाई पनि लिएको छ । यस तिथिलाई उसले महालय गौण काल भनेको छ । अव आयो उल्लिखित कुनै पनि समयमा सम्भव भएन भने के गर्ने भन्ने प्रश्न । यसको पनि उत्तर सहज छ, यस्तो अवस्थामा पनि अन्य विकल्प खोजी गर्नुपर्छ किनकि धर्मशास्त्रले संस्कार लोप गर्ने अधिकार दिएको छैन । 

कुनै उपाय नलागे पितृहरूका नाम गोत्र उच्चारण गरी तिलाञ्जलि दिने, सूर्य नमस्कार गर्ने, सूर्यार्घ दिने, दिक्पालहरूलाई नमन, पूजन र अभिवादन गर्ने, गाईलाई घाँस खुवाउने, अन्य पशुपक्षीलाई आहार खुवाउने, दुखी, दरिद्री, अनाथ, असहाय आदिलाई खुवाएर तृप्त पार्ने आदि क्रियाद्वारा पनि श्राद्धीय नियम धान्न सकिन्छ । हिजो आज गोष्ठि श्राद्धको समेत चलन छ । यतिबेला यथासम्भव बन्धुबान्धव जम्मा भई दिवङ्गत पितृहरूको फोटो राखेर दियो, कलश, गणेशको पूजा गरी उनीहरूका विशेषता र योगदान आदिको चर्चा गर्दै सम्मान गर्ने गरिन्छ । यहाँ श्राद्धका परम्परागत विधि केही पनि अप्नाइएको हुँदैन तर श्रद्धापूर्वक पितृहरूको गुणगान गर्दै सम्झना गरिने भएकाले यसलाई पनि श्राद्धकै एउटा अङ्ग मानिएको छ । (प्रा.डा. बद्रिविशाल पोखरेल गोरखापत्र भदौ २० शनिवार, २०७७) । 

आखिर सत्पात्र वा आधिकारिक पात्र त्यही हुन्छ जसले दिइएको चीज पचाउन सक्छ अर्थात् सदुपयोग गर्न सक्छ । भोको मानिस वा पशुपक्षीलाई खुवाएर तृप्त पार्नु भनेको त्यस्तो सत्पात्रलाई तृप्त पार्नु हो, जसको प्रतिफल कुनै पनि सत्पात्र ब्राह्मणको हातमा दिइएको भन्दा कम हुने छैन । 

अवस्थाअनुसार उल्लिखित कुनै पनि विधि र प्रक्रिया अपनाएर श्राद्ध गर्न सकिन्छ । मुख्य कुरो श्राद्ध रोक्नु हुँदैन । बाँकी रह्यो विधि र प्रक्रियाको कुरा, श्रद्धापूर्वक गर्नुपर्छ जहाँ जसरी सम्भव हुन्छ त्यसैगरी गर्न सकिन्छ ।

कोरोना महामारीका बेला २३ भदौ २०७७ मा पहिलोपटक लोकान्तरमा प्रकाशित आलेख अध्यावधिकसहित पुन: प्रकाशित गरिएको छ । सं

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x