×

रास्वपाले वैशाख अन्तिममा महाधिवेशन गर्ने

काठमाडाैं | असोज २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आगामी वर्ष २०८२ को वैशाखमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । काठमाडौंमा बुधवार भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले चौथो साताका लागि महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । 

Laxmi Bank

सभापति लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले लोकान्तरलाई जानकारी दिए । उक्त प्रस्ताव पारित भएको उनको भनाइ छ ।


Advertisment

साथै सभापति लामिछानेले महाकाली–मेची जनयात्रा अभियान चलाउने प्रस्तावसमेत राष्ट्रिय भेलामा राखेका छन् ।


Advertisment

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीको प्रस्ताव पनि गरेको छ ।

साथै लामिछानेले राष्ट्रपति गैरदलीय रूपमा स्वतन्त्रबाट गर्न पनि प्रस्ताव गरेका छन् । उनले राष्ट्रियसभाको अध्यक्ष नै उपराष्ट्रपति हुनुपर्ने प्रस्ताव पनि गरेका छन् । 

यतिमात्रै नभएर लामिछानेले विज्ञहरूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन् । 

प्रदेशसभा खारेज गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र जम्मा ५ जना मन्त्रीमात्रै राख्नुपर्ने उनको प्रस्ताव छ ।

यस्तै लामिछानेले ७५३ वटा स्थानीय तहलाई घटाएर ५०० मा झार्नुपर्ने बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलाबाट सभापतिज्यूको राजनीतिक प्रतिवेदन पास भएको छ । तथापि उपसभापति डीपी अर्यालज्यूको प्रस्तावअनुसार आवश्यक सुझाव–सल्लाहहरूलाई उचित स्थान दिइने छ,’ कार्यवाहक प्रवक्ता झाले भने । 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x