×

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनले केही प्रति पुस्तक अन्तरिक्षमा समेत पठाए । उनलाई विश्वास थियो कि यसलाई एलियनले पनि पढ्नेछन् ।

Laxmi Bank

अहिले नेपालका प्रधानमन्त्रीको मनोदशा पनि त्यस्तो सोचबाट मुक्त छैन । उहाँलाई आफ्नो जयजयकार नगरेका समारोह फिक्का लाग्छन् । कहिले बालेनको टिसर्टले तर्सिनुहुन्छ, त कहिले मान्छे थुन्नुहुन्छ । अनि कहिले हिजो आफ्नै निष्कर्षमा ‘महान्’ देखिएको संघर्षलाई हिंसा भन्नुहुन्छ । कुरा के हो भने सत्ताले मानिसलाई यति अन्धो बनाउँछ कि जमिनमा टेक्नुपर्छ भन्ने कुराको समेत हेक्का रहँदैन ।


Advertisment

नेकपा बन्दा अहिलेका प्रधानमन्त्री उति नै उत्साहित हुनुहुन्थ्यो, जति अहिले हुनुहुन्छ । उहाँलाई उतिबेला पनि हारिन्छ जस्तो लागेकै थिएन । अहिले पनि सत्ताबाट खसिन्छ होला भन्ने हेक्का छैन । उहाँमा सर्वत्र जीतको सपना आउँछ । गाउँमा मासुको बिलो लगाउने मुखियाजस्तै सहजै प्रत्येक कुराको बिलो लगाउँदै भन्नुहुन्छ– २०८४ मा माओवादीको यति मत । कम्युनिस्टले ज्योतिषी हिसाबमा विश्वास गर्दैनन् । अनौठो छ, कम्युनिस्ट भएर १४ वर्ष जेल बसेका प्रधानमन्त्री आफैं ज्योतिषी बनिरहनुभएको छ ।


Advertisment

विश्वमा एउटा इतिहास छ । क्रान्तिको वरिपरि नघुमेको शक्ति क्रान्तिद्वारा स्थापित मान्यतामाथि चढेर एकदुई योजन हिँड्न सक्ला, तर युगको नेतृत्व गर्ने कुरामा क्रान्तिकारी शक्ति चिहानबाटै भए पनि मानिसहरूले उधिन्छन्, उभ्याउँछन् । स्वतन्त्र युवा पुस्ता हावादारी चर्का स्वरबाट आजित छ । ऊ गफ र योजनापत्रमा विश्वास गर्दैन । ऊ हाताहाती चाहन्छ । हाताहाती न रेल भयो, न तेल भयो, न पानीजहाज ।

कुस्माका मान्छे उसरी नै हिलाम्ये सडकमा कतिबेला मरिने हो भन्ने पिर बोकेर हिँडेकै छन्, जहाँ तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली)ले रेलको स्टेसन बनाउने भनेर भाषण गर्नुभएको थियो । तिनीहरूका सम्झिने तन्तु थिएनन् भन्ने निष्कर्ष आजको अपजसिलो ठट्टा मात्रै हो । बोली शिरोमणिहरू जबसम्म यो भ्रमबाट मुक्त हुँदैनन्, तबसम्म उनीहरूबाट परिणाममुखी कामको परिकल्पना सम्भव छैन ।

संसारभरका मानिस लाई थाहा थियो, नेताहरू नजरबन्दमा थिए । काठमाडौं कब्जाको आतंकले श्रीमानहरू नहकानिएका भए केपी ओलीको जेलजीवन ३३ वर्षको भइसक्थ्यो । यो हकिकत हो, ज्ञानेन्द्रलाई नियाजोव बन्ने रहर थियो, ता कि पशुपतिनाथ मन्दिरमा उनको पनि मूर्ति उभ्याइयोस् र उनका कोटेसन उद्धरण गरेर मात्र लेख्न–बोल्न पाइयोस् । आज जे स्वतन्त्रता छ, त्यसको जननी माओवादी हो र माओवादी आन्दोलन जनताको युद्ध हो । यो त बहादुरी, सौर्य र पराक्रम हो, जो प्रधानमन्त्री जान्नुहुन्न, मान्नुहुन्न ।

युद्ध हिंसात्मक हुन्छ । माओवादीले गरेको प्रतिकार हो । मारिएकामध्ये ११ हजार माओवादी कार्यकर्ता हुन् । उनीहरू भिडन्तमा कम गिरफ्तार भएर बेसी मारिएको तथ्यलाई बंग्याउनु सरासर इतिहासप्रतिको बलमिच्याइँ हो । प्रधानमन्त्रीकै जिल्लाका बेपत्ता पुष्प बस्नेत र धिरेन्द्र बस्नेतका बारेमा जानकारी नराख्नु उहाँको कमजोरी हो ।

प्रधानमन्त्री उतिबेला के कारणले जेल जानुभयो भन्ने हेक्का उहाँलाई नै रहेन । २००७ सालमा बन्दुक बोकेर लडिएको विरताको इतिहास बिर्सनुभयो । झापा र ओखलढुंगामा लडिएको बहादुरीपूर्ण विगत मेट्न उहाँ ठिङ्ग उभिनुभयो र भन्नुभयो– ‘मारिनु हिंसा हो ।’

किलो शेरा टु कसले चलाएको ? २०५८ मंसिर ११ गते संकटकाल कसले लगाएको ? संयुक्त सुरक्षा फौज कसले बनाएको ? कर्डन एन्ड सर्च कसले चलाएको ? गिरफ्तार गरेर जेल नहाली बेपत्ता बनाइएका मानिसलाई ‘दे आर अलरेडी किल्ड’ कसले भनेको ? गाउँमा माओवादीमाथि सुराकी कसले गरेको ? कोल्टीमा सेनाको घेरामा एयरपोर्ट बनाउँदै गरेका निर्दोष दुई दर्जन बेसी मजदुरका छोराछोरीलाई कसले टुहुरो बनाएको ? ‘टाउको काटेर झोलामा ल्याऊ र झोलाभरी पैसा लैजाऊ’ कसले भनेको ? यी तथ्यहरूले त्यो राज्यद्वारा चलाइएको हिंसा थियो र माओवादीले प्रतिकार गरेको हो भन्ने बकपत्र गर्दैन ? एमालेको सुराकीमा ६ भाइ खत्री बन्धुलाई घरकै आँगनमा दाउराको टेकोमाथि राखेर जिउँदै पोलेको घटना प्रधानमन्त्रीका मस्तिष्कमा नहुनु उहाँको बूढोपन होला तर जिउँदै सल्कँदै गरेका मानिसलाई देखेको त्यो बालक अहिले जवान बनिसकेको छ र बंग्याइएको इतिहाससँग बहस गर्न ऊ तयार छ ।

माओवादी संसद्मा संविधानमा लेखिएअनुसारको बहस र संविधानको भाव रक्षार्थ प्रतिवादको तयारीमा थियो । ऊ चाहन्थ्यो इतिहासलाई सही ढंगले बुझियोस्, तर प्रधानमन्त्री माओवादीका शब्दसंग आतंकित हुनुभयो । संसद्मा उठ्ने सम्भावित प्रश्नबाट भाग्न अधिवेशन नै अन्त्य गर्नुभयो । संसद्मा कांग्रेस–एमालेको करिब–करिब दुईतिहाइ मत थियो । बहसको ल्याकत राखेको भए माओवादीसँग बहस गर्न सकिन्थ्यो । प्रश्नको जवाफ दिन सकिन्थ्यो । संसद्लाई राष्ट्रका बारेमा चिन्ता गर्ने थलो बनाउन सकिन्थ्यो, तर त्यसो भएन । बरु राष्ट्रका विविध समस्यालाई तपसिलमा राखेर अर्काे राष्ट्रिय ठट्टा भयो र संविधान अधिनस्थ संसद्को रोस्ट्रमबाट हिजोका घाउहरूको पाप्रा उखेल्ने काम भयो ।

प्रधानमन्त्री उतिबेला के कारणले जेल जानुभयो भन्ने हेक्का उहाँलाई नै रहेन । २००७ सालमा बन्दुक बोकेर लडिएको वीरताको इतिहास बिर्सनुभयो । झापा र ओखलढुंगामा लडिएको बहादुरीपूर्ण विगत मेट्न उहाँ ठिङ्ग उभिनुभयो र भन्नुभयो– ‘मारिनु हिंसा हो ।’ कांग्रेसका ठगी र मालेका रत्नकुमार वान्तवाको आदर्शमाथि उहाँले घात गर्नुभयो । मानव इतिहास लडाईं र प्रगतिको इतिहास हो भन्ने मूलभूत सिद्धान्त पनि उहाँले बिर्सिनुभयो । उहाँकै पार्टीले वर्ग दुश्मनको रगतले नलत्पतिएका हात कम्युनिस्टका हुन सक्दैनन् भनेर लेखेका पर्चा र विगतप्रति उहाँ अनुत्तरित हुनुभयो ।

मानवीय विकासक्रममा कविलाबाट राज्य बनेपछि प्रायः सबै देशमा कुनै न कुनै संघर्ष भएका छन् । ती संघर्षमा हतियार प्रयोग भएको छ । यस्ता खालका संघर्षले देशलाई अग्रगति दिएका छन् । हाम्रोमा त लड्ने जनता र लुट्ने सरकार भयो । जतिबेला माओवादी सरकारमा छ, त्यतिबेला उसले मुलुकको बारेमा केही न केही नयाँ गर्ने प्रयत्न गरेकै छ । यही प्रयत्नका कारण आज बिजुली बेच्न सम्भव भएको हो । २०६५ मा मध्यपहाडी लोकमार्गको खाका कोरेकाले पहाडका विकट बस्तीका बासिन्दाले नेपालीपनको न्यानो पाएका हुन् । हुरौटे कुरा गर्न माओवादी जान्दैन, तथ्यमा माओवादी नै अहिलेको अब्बल विकल्प हो । 

फेरि लड्नका निम्ति माओवादीलाई नसिकाए हुन्छ । फेरि जेल जान परे देशलाई शिरमा राखेर माओवादी जेल जान तयार छ । यो सुस्ताएको हो, अस्ताएको छैन र अस्ताउन सम्भव पनि छैन । जहाँसम्म हिंसा भन्ने शब्द हो । प्रधानमन्त्री केपी ओलीले जति माओवादीमाथि हिंसा अरू कसैले गरेकै छैन । अरूलाई निच देखाउने मनसायले बोल्नु हिंसा हो । अरूलाई अपमानित गर्नु पनि हिंसा हो । कानूनले भन्छ– ६ सेकेन्डभन्दा बढी कसैलाई घुरेर हेर्नु पनि हिंसा हो । हिंसाको पोको बोकेर अरूमाथि हिंसाको हिलो छ्यापेर हिंसा नगर्नू । प्रतिरोध माओवादीको विशेषता हो ।​

(लेखकका निजी विचार हुन् ।)

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x