२६ जेठ २०८३, मंगलबार

एम्बापेको लगातार गोलमा रियल मड्रिडले एलाभेसलाई हरायो

असोज ९, २०८१
काठमाडौं
एम्बापेको लगातार गोलमा रियल मड्रिडले एलाभेसलाई हरायो

ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो एलाभेसलाई हराएको छ । मंगलबार राति सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियलले एलाभेसलाई ३–२ ले हराएको हो । घरेलु टोलीलाई चौथो जीत दिलाउने क्रममा केलियन एम्बाप्पेले लगातार पाँचौँ खेलमा गोल गरे । 

रियलले लुकास भाजक्वेजको गोलमा खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । एम्बापेले ४०औँ र रोड्रिले ४८औँ मिनेटमा गोल गरे । एलाभेसका लागि कार्लोस बेनाभिडेजले ८५औँ र किका गार्सियाले ८६औँ मिनेटमा गोल फर्काएका थिए । 

जितसँगै रियल सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।

मंगलबार राति नै भएका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई हराएको छ । सेभियाले रियल भालाडोलिडलाई २–१ ले हराएको हो । यसैगरी भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्