२६ जेठ २०८३, मंगलबार

राजनीतिमा युवाको प्रतिनिधित्व घटेकोमा चिन्ता

असोज १२, २०८१
काठमाडौं
राजनीतिमा युवाको प्रतिनिधित्व घटेकोमा चिन्ता

नेपाल दृष्टिविहीन युवा सञ्जालले नेपालमा युवाको प्रतिनिधित्व तथा सहभागिताबारे हालसम्म पनि छलफल शुरू हुन नसकेको गुनासो गरेको छ। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले नेपालमा मात्र नभई विश्वमा नै युवाहरूको राजनीतिप्रति इच्छा घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरेको हो । यस्तो अवस्थामा युवाको प्रतिनिधित्व तथा सहभागिता प्रवर्द्धन गर्ने उपाय सम्बन्धमा छलफल शुरू नहुनु दुखद् भएको युवा सञ्जालले जनाएको छ । 

‘नेपालमा मात्र नभई विश्वमा युवाहरूको राजनीतिप्रति इच्छा घटिरहेको अवस्था छ । यसको प्रभावले एउटा ठूलो समूह प्रतिनिधित्वको तहमा पुग्नबाट बन्चित भएको छ,' सञ्जालले भनेको छ, 'आफ्नो सवालमा आफ्नै नेतृत्व नहुँदा युवाको प्रत्यक्ष सरोकारका विषयमा बहस आफैंमा कमजोर हुन पुगेको छ ।’

युवाको प्रतिनिधित्व बढाउन सबै जना एउटै सञ्जालमा आवद्ध हुनुपर्ने उनीहरुको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्