२६ जेठ २०८३, मंगलबार

बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने

असोज १३, २०८१
काठमाडौं
बाढी पहिरो पीडितलाई कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने

नेपाली कांग्रेसले बाढी र पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले संघीय सांसदको १५ दिनको पारिश्रमिकबाट हुने ५० लाख रुपैयाँ राहत र उद्धारको लागि सरकारले बनाएको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

‘संकटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांग्रेसका संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेसका बैठकको निर्णयमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्