२६ जेठ २०८३, मंगलबार

उद्धारमा खटिएका सेनानी केसीको मृत्यु

असोज १३, २०८१
काठमाडौं
उद्धारमा खटिएका सेनानी केसीको मृत्यु

सिन्धुपाल्चोकको पहिरोमा परेकाको उद्धार गर्न पुगेका नेपाली सेनाका सेनानी मिलन केसीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा केसीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काका अनुसार सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत केसी र अन्य दुई कोरियन नागरिक रिसोर्टमा पुगेका थिए। त्यतिबेलै पहिरो गएको थियो ।

‘पहिरो  गएपछि सेनानी केसी सुरक्षित स्थानमा पुगे पनि कोरियन नागरिक अड्किएपछि उनी उद्धारका लागि पुगेका रहेछन्, ‘खड्काले लोकान्तरसँग भने, ‘त्यतिबेलै ठूलो पहिरो आएपछि केसीलाई पनि पुरेको थियो । कोरियन नागरिकको पनि ज्यान गएको छ ।’

एसपी खड्काका अनुसार उक्त रिसोर्टबाट १६ जनाको उद्धार गरिएको थियो । अझै एक जना फसेको आशंकामा खोजतलास भइरहेको खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्