२६ जेठ २०८३, मंगलबार

श्रीमतीले श्रीमानको गुट्खा चोरेर खान थालेपछि प्रहरी चौकी पुगे दम्पती

असोज १७, २०८१
काठमाडौं
श्रीमतीले श्रीमानको गुट्खा चोरेर खान थालेपछि प्रहरी चौकी पुगे दम्पती
फाइद्य तस्वीर

गुटखा खाँदा क्यान्सर हुन्छ । गुटखाले क्यान्सर मात्रै होइन, अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ ।

तर, गुटखा खाने बानीले एउटा दम्पतीलाई प्रहरीसम्म पुर्‍याएको छ । घटना भारतको उत्तर प्रदेश (युपी)को हो ।

इन्डिया टुडेका अनुसार यो जोडीले सन् २०२२ मा विवाह गरेका थिए । निजी कम्पनीमा काम गर्ने श्रीमानलाई गुटखा खाने लत थियो । 

श्रीमानले गुटखा खाँदाखाँदै श्रीमतीले पनि खान थालिन् । दुवैलाई लत बस्यो । त्यसपछि श्रीमतीले श्रीमानको गोजीबाट गुटखा चोरेर खान थालेको श्रीमानको भनाइ छ । यही विषयमा श्रीमान्–श्रीमतीबीच झगडा भएको थियो । कुरा बढेपछि श्रीमानले श्रीमतीलाई प्रहरीसम्म लगे । त्यसपछि श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । यो पारिवारिक मामिला भएकोले प्रहरीले दुवैलाई काउन्सिल गर्ने निर्णय गरेको थियो ।

श्रीमान्-श्रीमतीलाई पारिवारिक परामर्श केन्द्रमा पठाइएको थियो । काउन्सिलिङका क्रममा दुवैले आ–आफ्नो गुनासो राखेका थिए । पटक–पटक अस्वीकार गर्दा पनि श्रीमतीले गोजीबाट गुटखा चोरेको श्रीमानले बताए । 

तर, श्रीमतीले अलिकति गुटखा मात्र निकाल्ने बताइन् । काउन्सिलरले दुवैलाई गुटखा छाड्न सल्लाह दिएको बताए । दुवैले काउन्सिलरको अगाडि फेरि गुटखा नखाने वाचासमेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्