कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | असोज १७, २०८१
ईरानले मंगलबार राति इजरायलमाथि करिब २ सय ब्यालेस्टिक मिसाइलले आक्रमण गर्यो । हिजबुल्लाह समूहविरुद्ध लेबनानमा आक्रमण जारी राखेको इजरायलमाथि इरानले एकाएक मिसाइल आक्रमण गरेपछि मध्यपूर्व थप अस्तव्यस्त बनेको छ ।
पछिल्लो एक वर्षदेखि इजरायल र हमासबीचको युद्ध चलिरहेको छ । जसका कारण गाजा र वेस्ट बैंकमा ४० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनमा इजरायलले हिजबुल्लाहलाई लक्ष्य बनाउन थालेको छ । इजरायलले लेबनानमा स्थल मार्गबाट पनि आक्रमण गरिरहेको छ ।
बढ्दो संघर्षमा अरबी मुलुकका साथै विश्वभरिका विभिन्न देश स्पष्ट रूपमा विभाजित देखिन्छन् । करिब दुई महिना अगाडि हमासका नेता इस्माइल हनियाको इरानको राजधानी तेहरानमै हत्या भएको थियो । हनिया १९८० दशकदेखि यो समूहका नेता थिए । गत २८ सेप्टेम्बरमा हिजबुल्लाहले इजरायली आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युको पुष्टि गरेको थियो ।
इजरायलले हिजबुल्लाह समूहको आश्रयस्थल रहेको ठानिएको लेबनानको विभिन्न स्थानमा स्थल मार्गबाट समेत सैन्य कारबाही थालेको छ । हनियाको मृत्युपछि इरानले तत्काल कुनै सैन्य प्रतिक्रिया दिएको थिएन, तर सोमवारको मिसाइल आक्रमणले दुई देशबीचको संघर्ष थप चर्किएको छ ।
इरानले पहिले नै इस्लामिक राष्ट्रहरूलाई इजरायलसँग व्यापार सम्बन्ध तोड्न आग्रह गर्दै इजरायलविरुद्ध एकजुट हुन भनेको थियो । अर्कोतर्फ, अमेरिका, बेलायत, र जर्मनीजस्ता देश इजरायलको साथमा छन् र युद्धमा सहयोग गरिरहेका छन् ।
इरानको पछिल्लो आक्रमणपछि नेदरल्यान्डका नेता र सांसदहरू सोसल मिडिया 'एक्स'मा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसँग भिडेका थिए । अरब जगतका सुन्नी मुस्लिम बहुल देशहरूले हसन नसरल्लाहको इजरायली आक्रमणमा भएको मृत्युको खुलेर निन्दा गरेका छैनन्, तर लेबनानको सार्वभौमिकताको कुरा भने गरेका छन् ।
चार महिनाअगाडि रफाह शरणार्थी शिविरमा इजरायलले आक्रमण गरेपछि साउदी अरबले वक्तव्य जारी गर्दै इजरायलले प्यालेस्टाइनको अस्तित्व स्वीकार गर्नुपर्ने बताएको थियो । नसरल्लाहको मृत्युपछि साउदी अरबले लेबनानमा भइरहेका घटनाहरूलाई गम्भीर चिन्ताको विषय भनेर प्रतिक्रिया दिएको छ ।
त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन र अन्य अन्य खाडी देश यस मुद्दामा अहिलेसम्म मौन देखिएका छन् । तर, गल्फ को-अपरेशन कर्पोरेशन(जीसीसी)ले लेबनानको सार्वभौमिकता र सुरक्षाको पक्षमा समर्थन गर्दै तत्काल युद्धविरामको आह्वान गरेको छ ।
इजरायल-इरान संघर्षमा भारतले यी दुवै देशमा रहेका आफ्ना नागरिकहरूलाई सचेत गराएको छ । भारत यस मुद्दामा शान्तिपूर्ण समाधानको पक्षमा रहेको छ । भारतले सन् १९८८ मा प्यालेस्टाइन राष्ट्रलाई मान्यता दिएको थियो, तर पछिल्ला वर्षहरूमा भारत कुनै एक पक्षमा स्पष्ट रूपमा उभिएको देखिँदैन ।
पछिल्लो महिनामा संयुक्त राष्ट्र महासभामा गाजा र वेस्ट बैंकमा इजरायली कब्जा एक वर्षभित्र अन्त्य गर्न प्रस्ताव ल्याइएको थियो । यो प्रस्ताव इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)को सल्लाहपछि प्रस्तुत गरिएको थियो, जसले इजरायल-प्यालेस्टाइन विवादलाई अन्तर्राष्ट्रिय कानुनी दृष्टिकोणबाट समाधान गर्न प्रयास गरेको थियो ।
संयुक्त राष्ट्र महासभाका १९३ सदस्यमध्ये १२४ राष्ट्रले यस प्रस्तावको पक्षमा मतदान गरे । यद्यपि १४ राष्ट्रले यो प्रस्तावको विरुद्ध मतदान गरे, जसमा अमेरिकालगायत इजरायल पनि समावेश थियो । यी राष्ट्रहरूले यो प्रस्तावलाई इजरायलको सार्वभौमिकता विरुद्धको कदम मानेका थिए । भारतसहित ४३ राष्ट्रहरू यो मतदानबाट टाढा रहेका थिए । नसरल्लाहको मृत्युपछि पाकिस्तानमा इजरायलविरुद्ध धेरै प्रदर्शन भएका थिए । पाकिस्तान स्पष्ट रूपमा इजरायल विरोधी कित्तामा छ ।
कतार पनि यस मुद्दामा प्यालेस्टाइनको पक्षमा रहेकोजस्तो देखिन्छ । कतारको इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध अहिलेसम्म छैन । कतार हमासलाई आर्थिक र मानवीय सहयोग पुर्याउने मुलुकमध्ये एक हो ।
नसरल्लाहको मृत्युपछि इजिप्टले लेबनानी प्रधानमन्त्रीसँग कुरा गर्दै लेबनानको सार्वभौमिकताको उल्लंघन स्वीकार्य नभएको बताएका थिए । इजिप्टले इरानको 'प्रोक्सी' युद्धको आलोचना गर्ने गरेको छ र यसलाई मध्यपूर्वमा अस्थिरता ल्याउने मुख्य कारण मान्छ । इजिप्ट र इजरायलबीच सन् १९७९ देखि शान्ति सन्धि छ भने इजरायलसँग कूटनीतिक सम्बन्ध पनि कायमै राखेको छ ।
त्यस्तै मध्यपूर्वको अर्को देश जोर्डनको सीमा वेस्ट बैंकसँग जोडिएको छ जहा धेरै प्यालेस्टाइनी शरणार्थीहरू बसोबास गर्छन् । जोर्डनले सधैं टु स्टेट सोलुसन(दुई-राष्ट्र समाधान)को समर्थन गर्दै आएको छ ।
मुस्लिम-बहुल देशमध्ये टर्कीले पहिलोपटक सन् १९४९ मा इजरायललाई मान्यता दिएको थियो । यद्यपि सन् २००२ पछि टर्की र इजरायलको सम्बन्धमा धेरै उतार-चढाव आएका छन् । टर्कीले प्यालेस्टाइनको पक्षमा कडा रूपमा बोल्दै आएको छ र इजरायलको निन्दा गरेको छ । पछिल्लो समय प्यालेस्टाइन मुद्दामा टर्की र इजरायल आमनेसामने भएका छन् ।
यस मुद्दामा नेपालले तटस्थ कूटनीति अपनाउँदै आएको छ । नेपालले सामान्यतया विवादहरू शान्तिपूर्ण वार्ता र अन्तर्राष्ट्रिय कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताउँदै आएको छ ।
नेपालले १९७५ मा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपालले इजरायलसँग पनि सन् १९६० देखि कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ ।
गत महिना इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा ल्याइएको प्रस्तावमा नेपाल, भारत र बेलायतसहित ४३ राष्ट्रहरू तटस्थ बसेका थिए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...