जेठ १२, २०८१
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
बुटवल | असोज १९, २०८१
४५ वर्षको अधबैँसे उमेर पार गर्दैगर्दा पाल्पाका जनक आचार्यलाई कामको चाप झनै बढ्दो छ । बिहान–बेलुका व्यावसायिक कृषि र दिउँसो शिक्षण पेशा गर्ने उनी फुर्सदले एकछिन पनि बस्न चाहँदैनन् । बसाइँसराइले बाँझो बनेको जमिनमा अकबरे (डल्ले) खुर्सानी फलाएर जनकले कृषि क्रान्ति गरेका छन् । साथै उनी रिब्दीकोट गाउँपालिका–७ स्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका उनी अहिले ‘अकबरेको हेडसर’का रुपमा पनि चिनिन्छन् । यी दुई पेशाले उनलाई दोहोरो परिचय दिलाएका छन् । उनलाई गाउँलेले ‘डबल हेडसर’का रूपमा चिन्छन् ।
विगत २० वर्षदेखि अध्यापन गराउँदै आएका उनले पाँच वर्षअघि कृषि पनि गर्ने निचोड निकाले । त्यसपछि खुर्सानी खेती शुरू गरेका उनी त्यसयता कृषिलाई सम्मानित पेशा बनाउन लागिपरेका छन् । उनले खुर्सानीसँगै सुन्तला, गोलभेँडा, तरकारी खेती र कुखुरापालन पनि गरेका छन् । ‘मेरा कतिपय निकट साथीहरू नै पढाउँदै कृषि पनि गर्न सकिन्छ र ? भनेर प्रश्न गर्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले आफैँ कृषक बन्न थालेका छन् । त्यो देख्दा मलाई मैले सही गरेँछु भन्ने महशुस हुन्छ ।’
जनक बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय जान्छन् । बचेको समयमा खुर्सानी, सुन्तला र तरकारी खेतीको रेखदेख गर्न जुट्छन् । उनी स्कूलबाट आएपछि हतार–हतार खेतबारीमा पुगिहाल्छन् । उनी विद्यालय जाँदा श्रीमती सजिताले कृषिको काम गर्ने गर्छिन् । अहिले आचार्य दम्पतीले वार्षिक ५० लाख रुपैयाँ त कृषिबाटै आम्दानी गर्ने गर्छन् ।
अनि शुरू भयो खुर्सानी खेती
केही दशकयता पहाडबाट शहरी क्षेत्र तथा तराईमा बसाइँ सर्नेको लहर छ । यसबाट पाल्पा अछुतो हुने कुरै भएन । बसाइँसराइले अहिले रिब्दीकोटमा अहिले किसानको संख्या घट्दो छ । ती किसानहरू पनि बाँदर र बँदेलबाट अन्नबाली जोगाउन नसक्दा हैरान थिए । यसले गर्दा जनकलाई पनि एकपटक गाउँ छोडौंजस्तो लागेको थिए । तर उनले एउटा जुक्ति निकाले । बाँदरले खुर्सानी खाँदैन भन्ने त्यसैले यसैको खेती गर्ने । यसबीचमा उनले पूर्वी नेपालमा खुर्सानी खेती राम्ररी गरिएको छ भन्ने सुने । यो थाहा पाएपछि अध्ययन गर्न भनेर उनी निस्के । त्यहाँबाट उनले २ हजार रुपैयाँ किलोग्रामका हिसाबले कोसा बीउ खुर्सानी किनेर खुर्सानीको खेती थाले । आफूले पूर्वका कृषक मदन राईबाट धेरै ज्ञान लिएको र त्यसैबाट खुर्सानी खेतीमा जुटेको जनक बताउँछन् ।
शुरूमा आफैँ नर्सरी उत्पादन गरेर व्यावसायिक खुर्सानी उत्पादनमा केन्द्रित भए उनी । पहिलो वर्ष १३५ रोपनी क्षेत्रफलमा खुर्सानी लगाए । व्यवसायिक उत्पादनमा लागेको पहिलो वर्ष उनलाई सोचभन्दा राम्रो सफलता मिल्यो । जनकले अकबरे खुर्सानी खेती करिब २५–२६ लाख रुपैयाँ खर्च गरेर शुरू गरेका थिए । पहिलो वर्ष नै उनी ४० लाखको उत्पादन बिक्री गर्न सफल भए । दोस्रो वर्ष भने पहिलो वर्षजस्तो लगानी धेरै गर्न परेन फाइदा पनि करिब दोब्बर हुन पुग्यो । पहिलो वर्ष १३५ रोपनीमा खेती गरेका उनले दोस्रो वर्षदेखि भने यसको क्षेत्रफल घटाए । ‘किनकि सबै जमिन खुर्सानीका लागि उपयुक्त थिएनन् । बाँकी जमिनमा धान खेती वा अन्य खेती गरेर हाल ५५ रोपनी क्षेत्रफलमा मात्रै अकबरे लगाएको छु,’ उनी भन्छन् ।
शुरूका वर्षमा जनकले प्रतिकिलो २५० लेखि ३५० का दरले बिचौलियालाई खुर्सानी बेचेका थिए । त्यसपछि उनको खुर्सानी खरिद गर्न रुपन्देहीको एशोदा फुड्स घरमौ आइपुग्यो । ठूलो परिमाणमा खुर्सानी आवश्यक पर्ने भएपछि स्पाइसी चाउचाउ उत्पादन गर्ने एशोदाले राम्रो मूल्य पनि दिन थाल्यो । एशोदाले खुर्सानी खरिद गर्ने ग्यारेन्टी गरेपछि जनकले गाउँपालिकामा प्रस्ताव गरेर अन्य कृषकलाई पनि उत्पादनमा जोडिदिएका छन् । अन्य कृषक पनि अकबरे खेतीमा जोडिएपछि उनले बिउका लागि उनीहरूलाई तयारी बियाँ बेच्ने गरेका छन् । बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५०० मा बिक्री गर्ने गरेका छन् । आफूले उत्पादन गरेको बीउलाई रिब्दीकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ तथा लमजुङ र कैलालीसम्मका किसानले खरिद गरेर लग्न थालेको उनले बताए ।
जनकको सफल कृषि यात्राका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सहायक बन्न पुगेको छ । परियोजना इकाइ कार्यालयअन्तर्गतको चक्लाबन्दी कार्यक्रममार्फत खुर्सानी खेतीमा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुँदा आफूलाई थप सहज भएको उनी बताउँछन् । जनकको पहलबाट पालिकाभरका अहिले करिब ८०० किसानले खुर्सानी खेती गरेका छन् । जसबाट वार्षिक ३ करोड रुपैयाँ गाउँमा भित्रिन्छ । किसानलाई खुर्सानीको ग्यारेन्टीको न्यूनतम समर्थन मूल्य जनकले तोकिदिएका छन् । उनीहरूको खुर्सानी संकलन गरेर बिक्री पनि गर्छन् । उनले आफ्नो मात्रै नभई अन्य कृषकको समेत उत्पादनलाई बजार पुर्याउन संकलन केन्द्र सञ्चालन ल्याएका हुन् । गतवर्ष मात्रै रिब्दीकोट गाउँपालिकाबाट ६५ टन खुर्सानी बिक्री गरिएको उनले बताए ।
संकलन केन्द्रका लागि एउटा भाडाको गाडीसहित चालक र हिसाब किताब गर्न एकजना गरी दुई जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । जनकको कृषि फर्म रेखदेखका लागि छुट्टै एकजना हेरालु रहेका छन् । यस्तै सिजनअनुसार खेताला प्रयोग गरेर खेतीमा सहयोग लिने गरेको उनी बताउँछन् । संकलन केन्द्रमा आफ्ना उत्पादन ल्याउने कृषकले न्यूनतम २२० देखि २५० रुपैयाँ प्रतिकिलोका दरले मूल्य पाउने गरेको उनले बताए । रिब्दीकोटमा मात्रै हाल १ हजार २०० रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खेती हुने गरेको उनी बताउँछन् ।
खुर्सानी खेतीमा पहिलो वर्ष लगानी केही बढी लागे पनि त्यसपछिका वर्षमा भने लगानी दर घट्दै गइरहेको जनकले सुनाए । एउटा बिरुवाले कम्तीमा २–३ वर्षसम्म उत्पादन दिने गरेको छ । पहिलो वर्ष प्रत्येक बिरुवाबाट १ किलो तथा त्यसपछिका वर्षमा २ किलोसम्म उत्पादन भएको उनले बताए ।
विद्यालयमा बेतलबी सेवा
जनक अहिले पाल्पामा धेरै खुर्सानी र सुन्तला उत्पादन गर्ने किसानमा पर्छन् । पाँच वर्षअघि अकबरे खुर्सानी खेती शुरू गरेयता आफूले जीवनमा कुनै कठिनाइ झेल्नु नपरेको उनी बताउँछन् । उजाड बनेको गाउँलाई खुर्सानी खेतीले हराभरा बनाएका उनले कृषिमा आत्मनिर्भर हुँदै गएपछि विद्यालयमा समेत बेतलबी सेवा प्रदान गर्दै आएका छन् । यसरी तलब नलिइ काम गरेको पनि पाँच वर्ष पुगिसकेको छ । पालुङ मावि गत वर्षको एसईई परीक्षामा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय पनि हो । उनका बुवा, आमा, श्रीमती र २ छोरासहित ६ जनाको उनको परिवार छ । विद्यालयबाट तलब नलिएपछि सबैको रोजीरोटी खुर्सानी खेतीले नै धानिरहेको छ ।
खाली खुर्सानी खेती मात्रै होइन जनकले गरेको सुन्तला खेती पनि अहिले व्यावसायिक चरणमा पुगेको छ । गतवर्ष बँगैचामै आएर व्यापारीहरूले १८ टन सुन्तला लगेको उनले जानकारी दिए । त्यसो त जनकले सन्तला खेती खुर्सानीभन्दा पहिले नै २०७० सालमा शुरू गरेका थिए । यसले व्यवसायिक रुप लिन थालेको भने धेरै भएको छैन । हाल ४२८ वटा सुन्तलाका बोटले उत्पादन दिने गरेको उनले सुनाए । ती बोटबाट आकारअनुसार प्रत्येक वर्ष ४० देखि १५० किलोसम्म सुन्तला उत्पादन हुने गर्छ । परम्परागत तरिकाले रोपिएका ३० वर्षअघिका पुराना बोटलेसमेत उत्पादन दिइरहेको उनले बताए ।
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...