कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | असोज १९, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले बाढी तथा पहिरो प्रभावित जिल्लाका स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो।
शुक्रबार नै प्राधिकरणको कार्यकारी समितिले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।
००००
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले ‘क्रु मेम्बर’ वा व्यवस्थापनको कारणले कुनैपनि उडान अवरुद्ध नहुने जनाएको छ । ४५ वर्ष उमेर पुगेका ‘क्याबिन क्रु’हरूको चासोका सम्बन्धमा शुक्रबार निगमका कार्यकारी अध्यक्ष, नायव महाप्रबन्धक, विभागीय निर्देशकहरू, क्याबिन क्रु डिभिजनसहितको बैठकमा आवश्यक निर्णय गर्दै उडान अवरुद्ध नहुने जानकारी गराइएको हो ।
छलफलपछिको निर्णयमा करारका क्याबिन क्रुहरुले ४५ वर्षपछि पनि सेवाको निरन्तरता हुनुपर्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा हालेको रिटमाथि हालै भएको अन्तरिम आदेशको सम्बन्धमा निगम व्यवस्थापनलाई कानुनी परामर्शदाताबाट स्पष्ट व्याख्या प्राप्त भएको उल्लेख छ । तर, व्यवस्थापनले यस बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयबाट सो निर्णयको थप स्पष्टताको माग गर्ने निर्णय भएको छ ।
००००
वक्ताहरूले चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेसका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहेको बताएका छन् । तर यस्तो अवस्थामा समेत दुवै देशका सरकार उदासीन बन्नु चिन्ताजनक रहेको बताएका छन् ।
नेपाल भारत खुल्ला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद् आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोलेका अधिकांश वक्ताहरूले चुरे विनाशका कारण नदीहरू पुरिएर बहाब नियन्त्रण भन्दा बाहिर गएसँगै मधेस र विहारमा भइरहेको व्यापक क्षति रोक्न दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् ।
चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताएका हुन् ।
००००
देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।
००००
बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाउन वा बोक्न नपर्ने भएको छ । उनीहरूले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए हुनेछ ।
शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने ‘स्मार्टफोन’हरू ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
००००
बाढीपहिरो प्रभावित क्षेत्रमा ५ दिन बित्दा पनि सरकारको प्रभावकारी उपस्थिति देखिएको छैन । घरबार गुमाएका सर्वसाधारण सरकारी राहत कुरेर बसेका छन् ।
सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । तर, उनीहरूले गुमाएका भौतिक सम्पत्तिका बारेमा सरकार मौन छ । उद्धार कार्यमा सरकारी प्रयास देखिएपनि राहत र पुनःस्थापनामा ठोस निर्णय गर्न सरकार चुकेको देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी पहिरोबाट १६ हजार २ सय ४३ परिवार प्रभावित भएका छन् । उनीहरूका ४ हजार ६ सय ६७ घर पूर्ण रूपमा क्षति भएका छन् भने ५ हजार ३ सय १० घर आंशिक रूपमा क्षति भएका छन् । १० हजार ८ सय ७ जना पूरै विस्थापित हुन पुगेका छन् ।
००००
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि शुक्रबार तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । तर, अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।
सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी अस्वस्थ रहेकोले अर्को सूचना जारी नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
००००
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार कारोबार भइरहेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...