कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडाैं | असोज २०, २०८१
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजिप्ट, पाकिस्तान र इजरायलस्थित नेपाली नियोग प्रमुखहरूबाट हाल द्वन्द्वग्रस्त मुलुकहरूमा रहेका नेपालीहरुको वर्तमान अवस्था तथा ती मुलुकहरूमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका बारेमा जानकारी लिएकी छन् ।
आइतबार भर्चुअल बैठक मार्फत छलफलपछि राणाले नियोग प्रमुखहरूसँग छलफल गर्दै लेवनान र इजरायलमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहन, उनीहरुको सुरक्षाको लागि आवश्यक सहजीकरण गर्न र लेवनानमा रहेका नेपालीहरुलाई आवश्यक परेमा स्वदेश फिर्ती तथा उद्दारको लागि समन्वय गर्न निर्देशन दिएकी हुन् ।
उनले लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिई सम्बन्धित सरकार र अन्य निकायहरूसँग समन्वय गर्न तथा सुरक्षा चुनौती भई नेपालीहरू लेबनानमा रहन नसक्ने अवस्था भएमा नजिकको मुलुकबाट उद्दार गर्ने सम्भावनाका बारेमा समेत आवश्यक कार्य गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
सो भर्चुअल बैठकमा इजिप्टका लागि नेपाली राजदूत शुशिलकुमार लम्सालले लेबनानमा करिव १२०० नेपालीहरू रोजगारीको सिलसिलामा युद्ध नभएको स्थान बेरुत र उत्तर तर्फको क्षेत्रमा रहेको बताए । भट्टराईले नेपाली राजदूतावास र वेरुतस्थित नेपालको मानार्थ महावाणिज्यदूत नियमित सम्पर्कमा रहेको बताउँदै हालसम्म कुनै पनि नेपालीले स्वदेश फर्कनको लागि अनुरोध नगरेको जानकारी दिए ।
केही नेपालीहरू आफै नियमित व्यावसायिक उडान मार्फत नेपाल आउने क्रममा रहेको जानकारी दिँदै उनले नेपालीहरूमा केही त्रास रहेको भएतापनि सुरक्षित रहेको जानकारी गराए ।
यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानमा रहेका नेपालीहरूको अवस्था बारेमा जानकारी गराए । साथै इजरायलस्थित नेपाली कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले पछिल्लो समयमा इरानबाट क्षेप्यास्त्र प्रहार भएपश्चात नेपालीहरूमा केही त्रास उत्पन्न भएपनि सबै नेपालीहरू सुरक्षित रहेको बताए । उनले नेपालीहरुसँग राजदूतावास सम्पर्कमा रही आवश्यक सूचना प्रदान गर्ने र सहजीकरण गर्ने लगायतका कार्य गरिरहेको जानकारी गराएका थिए ।
सो अवसरमा परराष्ट्र सचिव सेवा लम्साल लगायत मन्त्रालयका सहसचिवहरू र सम्बन्धित महाशाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास कायरोले यही जुलाई ३० देखि नै नियमितरुपमा लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो अवस्थाका बारेमा जानकारी गराउन अनलाइन पोर्टलमा दर्ता गर्न अनुरोध गर्दै आएको छ । यस्तै सम्पर्क अधिकृत तोकी इमेल ठेगाना, मोवाइल नम्बर उपलब्ध गराउँदै आवश्यक सूचना र जानकारी उपलब्ध गराउँदै आएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले लेबनानमा रहेका नेपालीहरूको सुरक्षाप्रति सचेत रहँदै सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरण गर्दै आइरहेको जनाएको छ । साथै लेबनानमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन र समस्या परेमा तत्काल सम्पर्क अधिकृतहरुसँग समन्वय गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...