फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू रगतले भिज्न थालेका छन् । टीभी तथा युट्युब च्यानलहरू बलिभोजीको उच्च स्वरले तातेका छन् । घरआँगन र मन्दिरपरिसर बलि दिन ठिक्क पारेका पशुपक्षीका परेलीले भिजेका छन् ।
२४ र २५ गते घरआँगन तथा मठमन्दिर समेत उनीहरूकै रगतले भिज्ने छन् । सरकारले समेत ठूलो परिमाणमा पशुपक्षी मारेर हर्षबढाईँ गर्नेछ । अनि २६ गते प्रसादको रूपमा सोही रगतले भिजेको अक्षता लगाएर विजयोत्सव मनाइनेछ । शायद यसमा राष्ट्रप्रमुख र सरकारप्रमुखले समेत सहभागिता जनाउने छन् ।
बलिवादी विद्वान्हरूका अनुसार यतिबेला मारिएका पशुपक्षीले सोझै स्वर्गमा बास पाउने भएकाले उनीहरूलार्ई खोजीखोजी काट्नै पर्छ रे ! यो महान् धार्मिक र परोपकारी कार्य हो रे ! उनीहरूकै भलाइका लागि पनि यस्तो कार्य नगरी हुँदैन रे ! यसका निम्ति पहिले पशुपक्षीको शरीरमा पानी खन्याइनेछ । उनीहरूले टाउको हल्लाउने छन् । थाहा छैन, पानी टकटक्याएका हुन् कि नाईं हुन्न भनेका हुन् । थाहा छैन, यस्तो काम धर्म हो कि होइन । यस्तो काम पनि धर्म हो भने पापचाहिँ कस्तो कर्म होला ? अनि थाहा छैन, काटिनका लागि रुँदै मौलोमा उभिएको प्राणीले आशिष् देला कि श्राप ? तर, उनीहरूले धर्म र आशिषको रूपमा लिने गरेका छन् र आरीधारी उठाउन उक्साउने गर्छन् ।
भागवतमा व्यासजीले प्राचीनबर्ही नामक राजाको कथा भनेका छन्, जसले धर्मको नाममा हजारौं पशुपक्षीको हत्या गराएका थिए । एकपटक देवर्षि नारदले आएर आकाशतिर देखाउँदै भनेछन्– ‘हेर्नुस् त राजन् तपार्ईंले काट्नुभएको पशुपक्षीको टाउको । उनीहरू के भन्दैछन् थाहा छ ?’ उत्तरमा राजाले छैन भनेपछि नारदले सम्झाउँदै भनेछन्– ‘त्यसो भए सुन्नुस्, उनीहरूले यही भनिरहेका छन् कि अहिले त तिम्रो हातमा शक्ति र सत्ता छ अनि हामीलाई काट्यौ, तर समय सधैं एकनाशको हुँदैन । जब हाम्रो हातमा शक्ति र सत्ता आउँछ, त्यतिबेला देखाइदिने छौं ।’
नारदको कुरा सुनेर राजा डराएछन् र प्रायश्चितको बाटो समाएछन् ।
शायद उनी सत्ययुगका मार्गदर्शक थिए । सही बाटो देखाए, तर कलियुगका नारदजीहरू भने अहिले पनि पशुपक्षीको बलिलाई नै मुक्तिको मार्ग बताइरहेका छन् । उनीहरूले भन्ने गरेका छन्, माता भगवती सबैकी आमा हुन्, उनलाई खुशी पार्न पनि पशुपक्षीको बलि दिनैपर्छ । उनी सबैको आमा हुन् भने ती निरीह प्राणीको चाहिँ आमा हुन् कि होइनन् ? हुन् भने कसरी सन्तानको रगत खाएर खुशी हुन सक्लिन् ? बताइदिने कसले ? उनीहरूको दृष्टिमा त त्यसको विपक्षमा चुइँक्क गर्नुसम्म पनि धर्मछाडा हुनु हो । संस्कृति भडुवा हुनु हो । विधर्मीको मतियार हुनु हो ।
यो कुनै बनावटी कुरा नभई यथार्थ हो । यसको जिउँदोजाग्दो उदाहरण पंक्तिकार आफैं छ । चुनौतीसाथ भन्न सक्छ, धर्मसंस्कृतिको उत्थानमा यसले जति कसले बोलेको छ ? जसका धर्मसंस्कृति, संस्कार र दर्शनसम्बन्धी १७ वटा पुस्तक प्रकाशित छन्, जहाँ धेरथोर सबैमा धर्मसंस्कृति संरक्षणमा नबोलिएको छैन । दृष्टिभ्रम नामक पुस्तक त पूरै यसैसित सम्बन्धित छ । लिखित दस्ताबेज हो, पुस्तकका पानामा अहिले पनि ती कुरा सुरक्षित छन् । नपत्याए खोलेर हेरे हुन्छ । जसले पूरा जीवन धर्मसंस्कृति संरक्षणको सबालमा बिताएको छ, उही धर्मसंस्कृति भडुँवा ? हो, धर्मसंस्कृतिको नाममा देखिएको विकृति तथा समयसापेक्ष हुन सकेको कुरामा भने आवाज उठाएको छ । संस्कारमा बोलेको छ । संस्कृतिमा बोलेको छ । कुरीतिमा बोलेको छ । कुप्रथामा बोलेको छ र बोली नै रहनेछ । यही नै धर्मसंस्कृति भडुँवा हुनु हो भने त भन्नु केही छैन । होइन भने भन्नैपर्ने हुन्छ, यस्तो आरोप लगाउनुअघि ती पुस्तकहरू एकपटक अध्ययन गरे राम्रै होला ।
तर्क पनि हेरौं न कस्तो ? सुन्दै हाँसो उठ्दो । पशुबलि धर्म हो रे, वेदविहित कार्य हो रे, वेदमै अश्वमेध यज्ञको कुरा आएको छ रे, तर वेदमा बलि भनिएको केलाई हो ? अश्व भनेको के हो ? मेध भनेको के हो ? कुन अर्थमा अश्वमेध भनिएको हो ? जान्ने इच्छा भए बृहदारण्यक उपनिषद् र शतपथब्राह्मणको अर्थ मनन गरे पुग्छ । अश्वमेध यज्ञलाई घोडा मार्ने अर्थमा लिने हो भने वेदमा गोमेध यज्ञको कुरा पनि आएको छ, पितृमेध यज्ञको कुरा पनि आएको छ, त्यसलाई के भन्ने ? के विभक्ति फरक छ भनेर उम्कन मिल्छ ? एउटै शब्दलाई अलग विभक्ति लगाएर बुझ्ने र बुझाउने कुरा वेदको आफूखुशी व्याख्या हो कि होइन ? आफूले गरेको व्याख्या नै सही हो, यसको विपक्षमा बोल्ने सबै वेदविरोधी हो भन्न पाइन्छ ? आफूखुशी व्याख्या त त्यो हुनुपर्ने हो, जहाँ एउटै शब्दलाई कतै तृतीया र कतै चतुर्थी विभक्ति लगाएर बुझ्नुपर्छ भन्ने गरिएको छ ।
कतिपय मानिस भन्ने गर्छन्, पशुबलि र मांसभक्षण परम्परा हो । होला, त्यसो हो भने त्यही सही । तर, त्यतिबेलाको अवस्था अर्कै थियो । अर्को आहार नपाउँदा मांसभक्षण गरे पनि होलान् । आफूले जे खायो देवीदेवतालाई त्यही चडाए पनि होलान्, तर अहिलेको अवस्था अर्कै छ । यदि त्यसैले चल्थ्यो भने कृषियुगको अनुसन्धान नै किन हुन्थ्यो होला ? अहिले आएर त मांसभक्षण स्वस्थ्यका निम्ति समेत ठीक छैन भन्न थालिएको छ । त्यसैले सकेसम्म मासु नखाऔं, संसारभरीकै मासु पसललाई बिदा गरौं । होइन, नखाई सकिन्न भने सिधै खाए हुन्छ । दोष कसैको टाउको थोपर्ने काम बन्द गरौं ।
यसको अर्थ दशैँ नमानौं भन्ने पनि होइन र दुर्गापूजा नगरौँ भन्ने पनि होइन । गरौँ, धूमधामले गरौँ, तर नितान्त सात्विक भएर मनाऔँ र दुर्गाको प्रसादजस्तो पवित्र चिजलाई कसैको रगतसँग विनिमयको विषय नबनाऔं ।
यो न कुनै समूह वा सम्प्रदायप्रतिको आग्रह हो, न पूर्वाग्रह । अपितु, संसारभरिकै धर्मसम्प्रदायप्रति धर्मको मर्म बुझौं र सोहीअनुसारको आचरण गरौं भन्ने विनम्रतापूर्वक अनुरोध हो । अस्तु ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...