माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडौं १९ कात्तिक- संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएको ठीक एक वर्षपछि डोनाल्ड ट्रम्प आइतवार एसिया महादेशका महत्वपूर्ण पाँच राष्ट्रको भ्रमणमा निस्कँदै छन् ।
१२-दिने यात्राको थालनी उनले निकटको साझेदारी भएको मुलुक जापानबाट गर्दैछन् । चीन, दक्षिण कोरिया, भियतनाम र फिलिपिन्स ट्रम्प जान लागेका अन्य एसियाली देश हुन् ।
अमेरिकी सञ्चारमाध्यमहरूले उनको यो विदेश-यात्रा ट्रम्प प्रशासनको परराष्ट्र नीतिमा टड्कारा अन्तर्विरोध र संशय देखिएका बखत हुन लागेको कुरा औंल्याएका छन् ।
ट्रम्प सन् २०१६ को नोभेम्बर ४ का दिन भएको निर्वाचनमा हिलारी क्लिन्टनलाई पराजीत गरी राष्ट्रपति निर्वाचित भएका थिए, र उनको त्यस पदमा शपथग्रहण सन् २०१७ को जनवरी २० तारिखमा भएको हो ।
‘अमेरिका सर्वोपरि’ (अमेरिका फर्स्ट) भन्ने उनको नाराका कारण विदेशमा अमेरिका बाँकी विश्वप्रतिको जिम्मेवारीबाट पछि हट्दै छ कि भन्ने अवधारणाले गर्दा ट्रम्पप्रति कति निर्भर हुन सकिन्छ भन्ने चिन्ता विशेषगरी जापान र दक्षिण कोरियामा बढेको छ किनभने परम्परागत रूपमा अमेरिकाले दिँदै आएको सैनिक सुरक्षा नहुनेबित्तिकै उत्तर कोरियाको आक्रामक गतिविधिको सामना कठिन हुँदै जानेछ ।
स्थापित मान्यता र सरकारी संयन्त्रलाई बेवास्ता गर्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत संवेदनशील मामीलामा पनि आफूखुसी नीतिगत निर्णयहरू गरिहिंड्ने उनको बानीले गर्दा ट्रम्प आन्तरिक हिसाबले पनि विवादग्रस्त राष्ट्रपति हुन् । उनका कतिपय सोच र दृष्टिकोण सुसंगत रहने गरेका छैनन् र बोली पनि छिटो-छिटो फेरिइरहेको पाइएको छ ।
एसिया भ्रमणमा निस्कनुभन्दा लगत्तै पहिले ट्रम्पले आफ्नै परराष्ट्रमन्त्री रेक्स टिलर्सनको आलोचना हुने गरी सार्वजनिक टिप्पणी गरेका छन् र यस कुराले भ्रमण गरिन लागेका देशमा खटिएका अमेरिकी कूटनीतिक कर्मचारीहरू रनभुल्लमा परेका छन् ।
ट्रम्पले घमण्ड र मिचाहापन प्रदर्शन गर्नाले विश्वमा अमेरिकाको प्रतिष्ठा र विश्वसनीयता तिव्रगतिमा स्खलित भैरहेको छ भन्ने कतिपय अमेरिकी बुध्दिजीवीको भनाइ छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...