कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मोबाइल फोनलाई बाथरूममा लैजानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । विभिन्न अध्ययनहरूले बाथरूमको वातावरणमा धेरै प्रकारका कीटाणु र रोगजनकहरू पाइएको देखाएका छन्, जसले मोबाइल फोनलाई संक्रमण फैलाउने स्रोत बनाउँछ ।
बाथरूममा मोबाइल फोन प्रयोग गर्दा मूत्रनलीको संक्रमण (यूटीआई), झाडापखाला र आन्द्राका संक्रमणको जोखिम बढ्न सक्छ । यसका कारण यस्ता संक्रमणहरू हुने ब्याक्टेरिया, जस्तै ई. कोली, साल्मोनेला र सी. डिफिसाइल फोनमा जम्मा हुन सक्छन् ।
मोबाइल फोनलाई बिना क्षति प्रभावकारी रूपमा सफा गर्नु चुनौतीपूर्ण हुन सक्छ । फेरि साधारण सफाइले यी खतरनाक कीटाणुहरूलाई हटाउन पर्याप्त हुँदैन । बाथरूमबाट बाहिर आउँदा यी किटाणु पनि सँगसँगै बाहिर आउँछन् ।
फोन छुँदा अरूलाई संक्रमित गर्न सक्छ । केही अनुसन्धानहरूले मोबाइल फोनको सतहमा शौचालयको सिटभन्दा बढी ब्याक्टेरिया हुन सक्ने देखाएका छन् ।
बाथरूम विशेषगरी सार्वजनिक शौचालय, कीटाणु र जीवाणुका लागि प्रजनन स्थलको रूपमा चिनिन्छ । यस्ता स्थानहरूमा मोबाइल फोनको प्रयोग गर्दा ती कीटाणुहरू फोनको सतहमा जम्ने सम्भावना बढी हुन्छ ।
बाथरूममा लामो समयसम्म शौचालयमा बस्दा पाइल्स र मांसपेशी तथा हड्डीसँग सम्बन्धित समस्याहरू पनि हुन सक्छन् । यसले पहिले नै भएका पेटसम्बन्धी समस्याहरूलाई झन् बढाउन सक्छ । मोबाइल फोनमा ध्यान दिनु र शौचालयमा लामो समय बिताउनु शरीरका लागि हानिकारक बन्न सक्छ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...