×

अमेरिकाको फ्लोरिडामा आँधीले १७ जनाको ज्यान लियो, राहत र पुनर्निर्माण शुरू

काठमाडाैं | असोज २६, २०८१

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा लगातार आएका दुई (जीवनमा एकपटक मात्र आउने भनिएका)आँधी मिल्टन र हेलेनले मच्चाएको विनाशपछि पुनर्निर्माण शुरू भएको छ ।

Laxmi Bank

गत बुधबार राति क्याटेगोरी ३ आँधीको रूपमा सरासोटा काउन्टीको सिएस्टा की नजिकै प्रवेश गरेको मिल्टनका कारण कम्तीमा १७ जनाले ज्यान गुमाएका छन् । आँधीले दर्जनौँ टोर्नाडो, २८ फिट अग्ला छाल, तीव्र हावा, भारी वर्षा र भयंकर समुद्री छाल ल्याएको थियो ।


Advertisment

मिल्टनपछि आएको आँधीले जनजीवनमा ठूलो असर पारेको छ भने बाढीको जोखिम अझै बाँकी रहेको विज्ञहरूले चेतावनी दिएका छन् । शनिबार बिहानसम्म पनि १६ लाख घरमा बिजुली आपूर्ति अवरुद्ध रहेको छ ।


Advertisment

आँधीका कारण आएको बाढी केही दिन वा सातासम्म रहनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, फ्लोरिडाको टाम्पा बेमा रहेको एक फस्फेट खानी सञ्चालकले आँधीका क्रममा उनको फ्याक्ट्रीले हजारौँ ग्यालेन प्रदूषक पदार्थ वातावरणमा फैल्याएको जनाएका छन् ।

सम्पूर्ण क्षतिको आंकलन गर्ने प्रयास भइरहे पनि पश्चिम-मध्य क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । क्षतिग्रस्त क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि ५० हजार भन्दा बढी लाइनम्यान परिचालन गरिएको फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन् ।

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x