×

४० प्रतिशत तलब बढाउन हड्ताल गरेपछि १७ हजार कामदार निकाल्ने बोइङको घोषणा

काठमाडाैं | असोज २६, २०८१

विश्व विख्यात विमान निर्माण कम्पनी बोइङले आफ्नो श्रमिक संख्याको १० प्रतिशतलाई कामबाट निकाल्ने घोषणा गरेको छ ।

Laxmi Bank

कामदार निकाल्ने तयारीबीच लेबर युनियनले एक महिना अघिदेखि हड्ताल शुरू गरेको थियो । हड्तालका बीचमा गरिएको यो घोषणाले कम्पनी र श्रमिकबीच थप तनाव हुने संकेत देखिएको फक्स न्यूजले जनाएको छ ।


Advertisment

बोइङले लगभग १७ हजार कर्मचारी निकाल्ने घोषणा गरेको हो । कम्पनीका सीईओ केली ओर्टबर्गले शुक्रबार कर्मचारीहरूलाई लेखेको मेमोमा भनेका छन्, 'यसमा कार्यकारी, प्रबन्धक र अन्य सामान्य कर्मचारीहरू समावेश हुनेछन् ।'


Advertisment

उनले बोइङ अहिले कठिन अवस्थामा रहेको बताए । 'हामीले सामूहिक रूपमा सामना गरिरहेका चुनौतीलाई विस्तृत रूपमा भन्न निकै गाह्रो छ । हामीलाई प्रतिस्पर्धात्मक रहन र दीर्घकालमा हाम्रो ग्राहकको सेवा गर्न संरचनात्मक परिवर्तनहरू आवश्यक परेका छन् ।'

बोइङसँग विश्वभर लगभग १ लाख ७० हजार कर्मचारी छन्, जसमा धेरैजसो दक्षिण क्यारोलिना र वाशिङ्टन राज्यका प्लान्टमा काम गरिरहेका छन् ।

बोइङको यो घोषणापछि कम्पनीका शेयर मूल्यमा १ दशमलव १ प्रतिशतले गिरावट आएको छ ।

बोइङले सन् २०२७ मा ७६७ विमानको उत्पादनको बन्द गर्ने घोषणा पनि गरेको छ । त्यति बेलासम्म अहिले माग भइआएको २९ विमान निर्माण भइसक्नेछन् । साथै, कम्पनीले आफ्नो नयाँ ७७७ एक्सलाई बजारमा ल्याउने मिति पनि १ वर्ष पछि धकेलेको छ ।

बोइङका कामदारहरूले १२ सेप्टेम्बरमा एकजुट भएर हडतालमा जान निर्णय गरेका थिए । उनीहरूले जसले कम्पनीले गरेको प्रस्तावमा अस्वीकृति जनाएका थिए । हडतालमा रहेका श्रमिकहरूको मुख्य माग ४० प्रतिशत तलब वृद्धि थियो ।

ग्रेट हिल क्यापिटलका इक्टिविटी प्रबन्धक थोमस हेजले भनेका छन्, 'श्रमिक निकाल्ने निर्णयले हडताल गरिरहेका श्रमिकहरूमा थप दबाव पार्न सक्छ । हडताल गरिरहेका श्रमिकहरूले अस्थायी रूपमा तलब पाउँदैनन् भने स्थायी रूपमा बेरोजगार बन्न चाहँदैनन् ।'

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x