२७ जेठ २०८३, बुधबार

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दाेस्राे दिन ६ जनाकाे उद्धार

असोज २९, २०८१
काठमाडौं
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दाेस्राे दिन ६ जनाकाे उद्धार

 मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरुकाे उद्धार भएकाे छ ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । आज उद्धार यात्राका क्रममा उद्धार टाेली झापाकाे दमकदेखि माेरङकाे विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुकाे उद्धार तथा सेवामा खटिएकाे हाे ।

मंगलबार ६ जना सहयाेगापेक्षी  मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये झापाकाे दमक नगरपालिकाबाट २ जना, माेरङकाे बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाकाे र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाकाे  उद्धार गरिएकाे हाे । यात्राकाे पहिलाे दिन साेमबार १० जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे

उद्धार गरिएका सडक आश्रित मानवहरुकाे मानवसेवा बश्रम विराटनगर सेवाकेन्द्रमा बज नै प्रवेश गराइएकाे छ । साथै भाेलि बुधबार सुनसरी जिल्लाकाे धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयाेगापेक्षी मानवहरुकाे  उद्धार सेवा रहने मानव सेवा आश्रमले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्