×

राउण्ड अप

सरसर्ती २४ घण्टा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि कुलमानमा छटपटीसम्म

काठमाडाैं | असोज ३०, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । 

Laxmi Bank

यद्यपि समग्रमा चालू आर्थिक वर्षको भदौ महिनासम्म कच्चा पेट्रोलियम पदार्थको मूल्य २२.६ प्रतिशतले घटेको छ ।


Advertisment

चालू आर्थिक वर्षको दुई महिनामा कच्चा पेट्रोलियमको मूल्य २२.६ प्रतिशतले घटेर ७३.९६ अमेरिकी डलर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Advertisment

त्यसैगरी, भदौ मसान्तमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशतले वृद्धि भइ प्रतिऔंस २ हजार ५८४ अमेरिकी डलर पुगेको छ ।
००००
पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी रिहा भएका छन् ।

उनलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको बालुवाटारबाट पक्राउ गरेकोमा केहीबेरमै रिहा भएका हुन् । 

रुबी खानलगायतको धर्ना कार्यक्रममा सहभागी बन्न पुगेका सिवाकोटीलाई प्रहरले नियन्त्रणमा लिएको थियो । 

सिवाकोटीले आफूसहित सबै अभियानकर्मी रिहा भएको जानकारी दिए ।
००००
६९औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । 
००००
चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 
००००
पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिले प्रयोग गरिराखेको पशुपति गौशाला धर्मशाला कानूनअनुसार नै खाली गरिने जनाएको छ ।

कोषले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला अदालतले यही असोज १६ गते गरेको फैसलाअनुसार धर्मशाला सञ्चालन गरिने जानकारी गराइएको हो । 

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राज्यको सम्पत्ति कुनै व्यक्ति विशेषलाई दिन नसकिने भएकाले अदालतको फैसलाअनुसार धर्मशाला खाली गराइने बताए ।
००००
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
००००
चालू आर्थिक वर्षको दोस्रो महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब नाघेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ महिनासम्म विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ ।
००००
गत असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्यो ।
धेरैले मन्त्रालयको यो कदमलाई प्राधिकरणबाट घिसिङ हटाउने योजनाका रूपमा बुझे । आफ्नो दुई कार्यकालमा कैयन अनियमिततामा मुछिएका घिसिङ आफैं पनि सरकारको यो कदमबाट भयभीत छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जम्न नसकेका घिसिङले सरकारविरुद्ध सिधा प्रहार गर्न नसके पनि स्पष्टीकरण सोधिएको भोलिपल्टै उद्योगीलाई टार्गेट गरे । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै यसअघि जस्तै घिसिङले गोरखापत्रमा सूचना छपाएर ४९ उद्योगको नाम र रकम छरपस्ट पारिदिए ।

घिसिङ र विशेषगरी उनलाई समर्थन गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूले यो सरकारले उद्योगीसँग पैसा खाएर बक्यौता उठाउन नदिएको आरोप लगाउने गरेका छन् ।

घिसिङले यसपालि खेलेको ‘बक्यौता कार्ड’ भने उनलाई भारी पर्ने देखिएको छ । सरकारको रिसले अहिलेसम्म नसल्टिएको डेडिकेटेड र ट्रंकलाइनमा उद्योगीलाई धम्क्याउने काम घिसिङले गरेका छन् ।
००००
दशैंमा प्रहरी ‘अलर्ट’ रहे पनि अपराधका घटना भने अझै बढेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यो दशैंमा चोरी, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, आपराधिक विश्वासघात, ठगी र सवारी ज्यानसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१ अङ्कले बढेको छ । दशैंपछिको पहिलो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ३१।४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको हो ।
००००
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 
००००
लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको नेपालले कडा निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो । 

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x