२७ जेठ २०८३, बुधबार

मौसम अनुकूल भएपछि छ सय ९० पर्यटक लुक्ला ओर्लिए

कात्तिक १, २०८१
सोलुखुम्बु
मौसम अनुकूल भएपछि छ सय ९० पर्यटक लुक्ला ओर्लिए
फाइल तस्वीर

लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौं र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक ओर्लिएका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौंमा रोकिएका थिए । 

नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटीसी अफिसर’ विवश दाहालका अनुसार मन्थलीमा रोकिएका छ सय र काठमाडौंमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन् । 

हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएको उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ । 

गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ । 
खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकहरु लुक्लाबाटै पदयात्रा शुरू गर्छन् । लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो । 

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो । यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्