२६ जेठ २०८३, मंगलबार

शिवम् होल्डिङग्सले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

कात्तिक १, २०८१
काठमाडौं
शिवम् होल्डिङग्सले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । असोज ३० गते सम्पन्न आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारण सभाले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

शिवम् होल्डिङग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम सेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।

शिवम् होल्डिङग्समा शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको छ । 

त्यसैगरी शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्व साधारणलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्