२६ जेठ २०८३, मंगलबार

रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

कात्तिक ३, २०८१
काठमाडौं
रवि लामिछाने पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाका नेता कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि रवि शुक्रबार समातिएपछि शनिबार दिउँसो काठमाडौंको माइतीघरमा रास्वपाका नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन् । 

प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितको ८७ अर्ब खोइ’ प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

सूर्य दर्शन सहकारीको रकम अपचलनमा संलग्नताको आरोप लागेपछि थप अनुसन्धानका लागि रविलाई पक्राउ गरी पोखरा लगिएको छ ।

उनलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ । 

रविविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध र कीर्तेसहितका छानबिन हुँदैछ । 

सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले कारवाही सिफारिस गरेपछि रवि शुक्रबार पक्राउ परेका हुन् ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्