२७ जेठ २०८३, बुधबार

ललितपुर महानगरले ६ स्थानीय तहलाई साढे तीन करोड आर्थिक सहयोग गर्ने

कात्तिक ८, २०८१
काठमाडौं
ललितपुर महानगरले ६ स्थानीय तहलाई साढे तीन करोड आर्थिक सहयोग गर्ने

गत असोज ११ र १२ गतेको बाढीपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौंका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ । 

हिजो बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई ५० लाख र काठमाडौंको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । 

'ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई ५० लाख र काठमाडौंको दक्षिणकाली नगरलाई एक करोड दिने निर्णय भएको छ,' उनले भने, 'विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।'

ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्