२६ जेठ २०८३, मंगलबार

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

कात्तिक १०, २०८१
काठमाडौं
स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

घटना स्थानीय समयअनुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो ।

विस्फोटका कारण तीन तले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताए।

विष्फोटपछि भवनको छेउको अर्का केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्