![प्रहरी तालिम स्कुलमा अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको पूजा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/police_dog_final_my2ISRbgqQ.jpg)
नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ । कुकुर तिहारको अवसरमा काठमाडौंको महाराजगंजस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष समारोहबीच कुकुरहरूको पूजा गरिएको हो ।

नेपालमा २०३२ सालदेखि अपराधीको पहिचान गर्न कुकुर प्रयोग गर्न थालिएको प्रहरीले जनाएको छ ।
अहिले सात वटै प्रदेशमा प्रहरीको तालिम प्राप्त कुकुर छन् ।

कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै आएको प्रहरीले कुकुर तिहारको दिन विभिन्न कलासमेत प्रस्तुत गर्दै आएको छ ।



