२६ जेठ २०८३, मंगलबार

१ करोड ९२ लाख ठगीको आरोपमा २ जना पक्राउ

कात्तिक १६, २०८१
काठमाडौं
१ करोड ९२ लाख ठगीको आरोपमा २ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दामा संलग्न २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रमा ढकाल र रवि रिजाल छन् । उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नवलपरासी पठाइएको छ ।

उनीहरूविरुद्ध ठगी मुद्दामा १ करोड ९२ लाख २८ हजार ५ सय सत्तरी रुपैयाँ बिगो कायम गरिएको छ ।

काठमाडौंको टोखाबाट यही कात्तिक १४ गते पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा बुझाइएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्