२७ जेठ २०८३, बुधबार

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

कात्तिक २१, २०८१
मनाङ
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन्। 

सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए ।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीशहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरेका थिए ।

उनले भने, 'हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।'

salt training

कमेन्ट गर्नुहोस्