×

NMB BANK
NIC ASIA

झापा–१ को चुनावी चर्चा

कलाकार/विश्लेषकका बुझाइमा विश्वप्रकाश शर्मा बलियो कि राम कार्की ?

कात्तिक २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

झापा, २३ कात्तिक– प्रदेश र प्रतिनिधिसभा निर्वाचनले झापा जिल्लाको माहोल तातेको छ । राष्ट्रिय राजनीतिका चर्चित व्यक्तिहरू चुनावी प्रतिस्पर्धामा उत्रिएकाले पनि धेरैका आँखा झापातर्फ सोझिएका छन् । 
जिल्लाको क्षेत्र नं. १ मा सञ्चारमन्त्री समेत भइसकेका माओवादी केन्द्रका राम कार्कीले वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शर्मा नेपाली कांग्रेसका चर्चित र लोकप्रिय युवा नेता मानिन्छन् । कार्की माओवादीमा बौद्धिक नेता (मार्क्सवादको व्याख्याताका) रूपमा चिनिन्छन् । त्यसैले यी दुई नेताबीचको चुनावी भिडन्त धेरैका लागि रोचक बनेको टिप्पणी भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय स्तरमा राम्रो पकड बनाएका कार्की र शर्मा दुवै आफ्नो जीत हुनेमा विश्वस्त देखिन्छन् । तर ‘मत’ का आधारमा कसले बाजी मार्ला ? धेरैको जिज्ञासा छ ।  


Advertisment
Nabil box
Kumari

कला,  साहित्य, चिकित्सा क्षेत्र, समाजसेवा लगायतमा क्रियाशील झापाका अग्रज व्यक्तित्वले शर्मा र कार्कीलाई आफ्नै तरिकाले बुझेका छन् । 

Vianet communication
Laxmi Bank

झापा मूल घर भएका तर राष्ट्रिय स्तरमा कुनै न कुनै कामले चर्चित केही व्यक्तित्वलाई सम्पर्क गरेर हामीले शर्मा र कार्कीको चुनावी भिडन्तका बरेमा प्रतिक्रिया लिएका छौं ।

सवैभन्दा पहिले झापा स्थायी घर भएका चर्चित हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) सँग कुरा ग–यौं । तर उनले चुनावले आफूलाई खासै प्रभाव नपारेको प्रतिक्रिया दिए । 

गत असारमा तराईमा आएको बाढीले प्रभावित रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा ‘एकीकृत नमूना सन्तपुर बस्ती’ निर्माण गरिरहेका धुर्मुस) यतिबेला कुञ्जना घिमिरे (सुन्तली) सँगै बस्ती निर्माणको चटारोमा छन् । 

‘चुनावबारे खासै जानकारी नै छैन, माघमा हस्तान्तरण गर्ने गरी दिनरात काम गरिरहेकाले पनि हामीलाई भ्याईनभ्याई छ’, सीताराम भन्छन्, ‘बाढीपीडितको पीडा एकातिर छ, अहिले हामीलाई चुनावभन्दा यो बस्ती महत्त्वपूर्ण छ । दुईसय पचास जनशक्ति लिएर निरन्तर काम गरिरहेका छौं’, उनले भने । 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा साहित्यकार विष्णुविभु घिमिरेले झापा क्षेत्र नम्बर १ का मतदाताले विश्वप्रकाशलाई बढी भोट दिन सक्ने सम्भावना रहेको लोकान्तरलाई बताए ।

‘झापाका मतदाताले चर्चाका हिसाबले राम कार्कीलाई चिन्लान् तर विश्वप्रकाशले आफ्नै गाउँमा बसेर सक्रिय भई जनताको मन जितेका छन्, त्यसैले पनि उनले जित्ने सम्भावना बढी देखिन्छ,’ घिमिरे भन्छन्, ‘राम कार्की सञ्चारमन्त्री त हुनुभयो तर झापालीको मन जिते जस्तो लाग्दैन । विश्वप्रकाशलार्ई प्रत्येक मान्छेले चिन्छ, प्रत्येक घरले चिन्छ ।’

तक्मे बूढाका नामले परिचित विल्सनविक्रम राई भने यतिबेला झापामै छन् । झापामा देखिएको चुनावी रौनक उनलाई सामान्य लागेको छैन । झापा–१ बाट चुनावी मैदानमा उत्रिएका विश्वप्रकाश शर्मा र राम कार्की दुवैलाई उनले सचेत नेताका रूपमा बुझेका छन् । 

‘धेरै मन्त्रीहरू हाँस्दा पनि पैसा खर्च हुन्छ झैं गर्नुहुन्छ, संयोगवश मैले राम कार्की र विश्वप्रकाश शर्मा दुवैसँग भेट्ने मौका पाएको छु । दुवै खुला स्वभावको हुनुहुन्छ’, राई थप्छन्, ‘विश्वप्रकाश शर्माले झापामा स्वास्थ्य महोत्सव गर्नुभएको थियो । उहाँको ‘भिजन’ र ‘व्यवहार’ ले मन छोएको थियो, मेरो बुझाइमा उहाँ सक्षम र सरल मान्छे हुनुहुन्छ ।’ 

माओवादी केन्द्रका नेता कार्की पनि सरल व्यक्तित्व भएको राईको बुझाइ छ । 

‘राम कार्की पनि उत्तिकै मिलनसार हुनुहुन्छ । तर झापाका जनताले कसलाई चुन्छन्, अड्कल गर्न गाह्रो छ’, विल्सनले सुनाए । 

चिकित्सक तथा साहित्यकार रामेश कोइरालाको मत भने भिन्नै देखियो । झापा–१ बाट विश्वप्रकाश शर्माले जित्नुपर्ने कोइरालाले बताए । दुवैसँग व्यक्तिगत रूपमा चिनजान भएपनि कांग्रेसभित्रका पाँच राम्रा व्यक्ति चुन्नुपर्दा विश्वप्रकाशलाई छान्न सकिने कोइरालाले उल्लेख गरे ।

‘दुःखको कुरा, अहिले पार्टीमा राम्रा नेता छैनन् । पार्टीभन्दा पनि विश्वप्रकाश जस्ता नेताको जरूरत छ’, कोइराला थप्छन्, ‘राम कार्की झापाको हुनुहुन्छ भन्ने पनि थाहा थिएन । विश्वप्रकाश त्यहीँका रैथाने पनि हुन् र आफ्नो क्षेत्रका लागि धेरै गरेका छन् ।’

अर्का विश्लेषक जुगल भुर्तेलले झापामा कार्की र शर्मा दुवै उम्मेदवार राम्रो भएको प्रतिक्रिया दिए । 

तर झापा–१ लाई हेर्ने हो भने विश्वप्रकाश शर्माले बाजी मार्ने सम्भावना प्रबल  रहेको भुर्तेल बताउँछन् । ‘राम दाइ क्षेत्र–२ बाट लड्नुपर्ने थियो । दुवै राम्रा उम्मेदवार मैदानमा उत्रिदा हामीलाई गाह्रो छ, झापा¬–१ लाई हेर्ने हो भने विश्वप्रकाश पाँच वर्षदेखि जनतासँग साक्षात्कारमा छन्’, भुर्तेलले थपे, ‘विश्वप्रकाशलाई काठमाडौंमै बस्छु भने पनि पुग्थ्यो । तर उनी पाँच वर्षदेखि आफ्नै क्षेत्रका जनताका लागि खटिएका छन् ।’

अहिले मुलुकमा बहुलवादी संस्कृतिलाई बुझेर सबैलाई मिलाएर लैजानसक्ने नेताको आवश्यकता भएको र त्यस्तो खुबी विश्वप्रकाशमा भएको भुर्तेलको भनाइ छ । 

‘राम कार्की पनि उस्तै हुनुहुन्छ, उहाँ क्षेत्र–१ बाट नउठ्नुपर्थ्यो, अहिले हामीले राम्रामध्येको एकलाई गुमाउनुपर्ने अवस्था आयो,’ भुर्तेलले थपे ।

तर झापा–१ मा विश्वप्रकाश शर्माले गरेको सहयोग र उनको व्यक्तित्वले उक्त क्षेत्रमा उम्मेदवारी दिने आधार शर्मासँग भएको भुर्तेलको तर्क छ । 

पूरै झापा जिल्लालाई वामपन्थी गढका रूपमा पनि हेर्ने गरिन्छ । एकातिर झापा आन्दोलन सधैं चर्चामा रहन्छ भने अर्कोतर्फ राष्ट्रिय राजनीतिलाई अगुवाइ गरिरहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्ला भएकाले पनि झापा चर्चित जिल्लामै पर्छ । 

ओलीपछि आरके मैनाली, सीपी मैनाली लगायतका वाम नेता पनि झापा जिल्लाकै हुन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एमाले र माओवादीले ‘वाम गठबन्धन’ बनाएर संयुक्त रूपमा चुनाव लडिरहेका छन् । 

यस्तो अवस्थामा विश्वप्रकाश शर्मा र राम कार्की आफ्नो पक्षमा  मत तान्न चुनावी प्रचारमा सक्रियतापूर्वक लागिपरेका भेटिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x